वीरगञ्ज – स्थानीय प्रशासनको अनुमतिले बजारमा रहेका पसल खुला भएपछि देशकै आर्थिक राजधानी वीरगञ्ज बजारमा सर्वसाधारणको चहलपहल बढेको छ । बन्दाबन्दीलाई खुकुलो बनाउँदै जिल्ला प्रशासन कार्यालय पर्साले जोरबिजोर पद्धतिमा बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म पसल सञ्चालन गर्न अनुमति दिएपछि वीरगञ्ज बजारमा सर्वसाधारणको चहलपहल बढेको हो ।
समाजिक दूरीलाई कायम राख्दै कपडा, बिजुली, इलेक्ट्रोनिक्स, खाद्यान्न लगायतका पसल सञ्चालनमा आएपछि वीरगञ्जका व्यापारी र उपभोक्ता दुवै खुशी भएका छन् । कोरोना भाइरसबाट सङ्क्रमित फेला पर्ने क्रम जिल्लामा कम भएपछि लकडाउनलाई खुकुलो बनाउँदै जोरबिजोर पद्धतिमा पसल सञ्चालन गर्न अनुमति प्रदान गरिएको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले जानकारी दिए । उनले कोरोनाका कारण अवरुद्ध भएको आर्थिक गतिविधि बजार खुलेसँग विस्तारै सहज हुँदै जाने विश्वास व्यक्त गरेका छन् । उनले सर्वाजनिक तथा निजी सवारीका साधन सञ्चालनमा रोक लगाउँदै मास्कको प्रयोगलाई पर्सामा अनिवार्य नै राखिएको बताए ।
सहज परिस्थितिमा सरसामान खरिदका लागि बारा, पर्सा, रौतहट, सर्लाही र मकवानपुरबाट समेत उपभोक्ता वीरगञ्ज बजारमा आउने गरेका छन् । जिल्लामा रहेको औषधि, किराना तथा दूध, तरकारीलगायतका उपाभोग्य वस्तुको पसल निर्वाधरूपमा सञ्चालन गर्न स्थानीय प्रशासनले अनुमति दिएको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस