काठमाडौँ- मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले देशभर स्थानीय वायु, पश्चिमी वायु र अरब सागरमा उत्पन्न “निसर्ग” चक्रवात कमजोर भई बनेको न्युन चापीइ क्षेत्रको प्रभाव कायम रहेको छ।
महाशाखाले हाल देशभर सामान्य देखि पूर्ण बदली रही प्रदेश १, प्रदेश २, गण्डकी प्रदेश र बागमती प्रदेशभरी तथा प्रदेश ५ का अधिकांश भागमा मध्यम वर्षा भैरहेको जनाएको छ ।
त्यस्तै, आज दिउँसो प्रदेश १, २, ५, बागमती र गण्डकी प्रदेश मा पूर्ण बदली रही बाँकी भू–भागमा मौसम सामान्य बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
प्रदेश ५, सुदुरपश्चिम प्रदेश, कर्णाली तथा गण्डकी प्रदेशमा हल्का वर्षाको सम्भावना रहेको छ।
प्रदेश १, २, बागमती प्रदेश र गण्डकी प्रदेशका अधिकांश स्थानहरुमा मेघगर्जन र चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
आज राती प्रदेश २, ५, बागमती र गण्डकी प्रदेशमा पूर्ण बदली रही बाँकी भू–भागमा मौसम सामान्य बदली रहने महाशाखाले जनाएको छ।
प्रदेश १, २, बागमती, गण्डकी प्रदेश र प्रदेश ५को पूर्वी भू–भागका केही स्थानहरुमा मेघगर्जन रचट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।
सुदुरपश्चिम प्रदेश, कर्णाली तथा गण्डकी प्रदेश र प्रदेश ५ का बाँकी भू–भागमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस