बर्खामास, तातिएका घाम अनि भित्र भित्रै रापिएको शरीर । सोही गर्मीलाई शितलता प्रदान गर्न प्रकृतिले सीत्तल फलको सृजना गरेको छ- काँक्रा ।
बर्खाको समयमा पहाड तराई जता ततै मकैका बोटदेखी लगाईएका थाङ्ग्राभरी काँक्रा प्रसस्तै पाइन्छ । कतिले जानेर त कतिले नजानेरै काँक्राको प्रयोग नियमित गरिरहेका हुन्छौँ । कति फाइदा जनक छ त काँक्रा, आउनुहोस् जानौँ ।
काँक्रा स्वास्थ्यका लागि धेरै फाइदाजनक छ । यसमा मानव शरीरलाई चाहिने पानी र अरु महत्वपूर्ण पोषक तत्व भरपूर मात्रामा पाइन्छ ।
यूएसडीएका अनुसार काँक्रामा पोटासियम, फस्फोरस र भिटामिन सी राम्रो स्रोत हो । यसमा आइरन, सोडियम, राइबोफ्लेविन र भिटामिन बी पनि पाइन्छ ।
यसले शरीरको तौल घटाउनका लागि पनि महत्वपूर्ण भूमिका खेल्छ ।
काँक्रामा ९५ प्रतिशत पानी हुन्छ जसले मेटाबालिज्म बलियो बनाउँछ । यसमा पानीको मात्रा बढी भएकाले तौल बढाउने खालका चीजको प्रयोगबाट बच्न सकिन्छ । काँक्राको बोक्राले हड्डिका लागि फाइदाजनक हुन्छ । यसको बोक्रामा धेरै मात्रमा सिलिका हुन्छ जसले हड्डिलाई बलियो बनाउँछ ।
सास फेर्दा मुखबाट आउने दुर्गन्ध हटाउनका उपयोगी हुन्छ । काँक्रामा रहेको तत्व र्यालको उत्पादन बढाउँछ र दुर्गन्ध फैलाउने ब्याक्टेरियालाई मार्ने गर्छ ।
रक्सी खाएर भोलीपल्ट विहान हुने टाउको दुखाई हुने समस्याको समाधान हुन सक्छ । काँक्रामा धेरै मात्रामा भिटामिन बी, सुगर, इलेक्ट्रोलाइट्स र पानी हुन्छ जसले रक्सी खाइरहेको बेलामा कमी भएका पोषक तत्वको कमी हुन दिँदैन ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस