न्यूयोर्क-अमेरिकामा प्रहरी नियन्त्रणमा एक अश्वेत वर्गका व्यक्तिको मृत्यु पश्चात आन्दोलन चर्केको छ । आन्दोलन चर्के सँगै सरकारले कानुन परिमार्जनको कसरत थालेको छ भने देशका ४० बढी शहरहरुमा कर्फ्यु समेत लगाइएको छ ।
यता अमेरिकी शहर जर्जियाका गभर्नरले भने आन्दोलनकारीको पक्षमा रहेको बताएका छन् । गभर्नर व्रेन केम्पले आफ्ना जायज माग लिई शान्तिपुर्ण आन्दोलन गर्ने अधिकार सम्पुर्ण नागरिकमा निहित रहेको बताउदै त्यस्ता आन्दोलनमा आफ्नो समर्थन रहने पनि बताएका छन् ।
केम्पका अनुसार हरेक स्वतन्त्रताको सिमा हुने र आन्दोलनकारीले शान्तिपुर्ण आन्दोलनको बाटो परिवर्तन गरि हिंसात्मक बन्न खोजे त्यो आफूलाई सह्य नहुने समेत स्पष्ट पारेका छन् ।
हाल जवाफ भन्दा प्रश्न बढी हुने अवस्था भएको र यो स्वभाविक समेत रहेको बताउदै उनले जनतामा प्रश्न गर्ने अधिकार नैसर्गिक रहेको पनि बताए ।
जर्जिया मार्टिन लुथर किङ्गको जन्म भूमी भएको स्मरण गर्दै गभर्नर केम्पले हाल सम्पुर्ण अमेरिकी नागरिकले उनको वर्तमान अमेरिका बनाउन रहेको योगदान सम्झेर उनले जस्तै शान्तिपुर्ण आन्दोलन गर्न समेत सल्लाह दिएका छन् ।
हाल जर्जियाका केही स्थानहरुमा हिंसात्मक प्रदर्शन भईरहेको प्रति ईङ्गित गर्दै यदि कसैले हिंसालाई प्रोत्साहन गर्छ भने त्यसलाई रोक्न सरकार जस्तो सुकै कदम चाल्न समेत पछि नपर्ने स्पष्ट पारेका छन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस