एजेन्सी – कोरोना भाईरसको संक्रमण चीनमा भन्दा पहिले फ्रान्समा देखा परेको निष्कर्ष निकालेको छ । फ्रान्सका वैज्ञानिक र चिकित्सकसहितको टोलीले युरोपमा पहिलो कोरोना भाइरसको संक्रमण जनवरी भन्दा दुई महिना पहिल्यै भएको निष्कर्ष निकालेको छ ।
त्यो समयमा चिकित्सकले कोरोना भाइरस संक्रमितको लक्षणका बारेमा जानकारी नपाएकाले ढिलोगरी संक्रमित फेला परेको अनुसन्धानले जनाएको छ ।
युरोपको पहिलो कोरोना संक्रमित १६ नोभेम्बर सन् २०१९ मा फ्रान्सको कोलमार सहरमा भएको फ्रान्सका चिकित्सकले बताएका छन् ।
फ्रान्सको उत्तरपूर्वी क्षेत्रमा पर्ने यो सहरको एक अस्पतालमा नोभेम्बरदेखि डिसेम्बरसम्म फ्लूको लक्षण भएका २ हजार ५ सय जना व्यक्ति उपचारका लागि पुगेका थिए ।
कोलमारको अलबर्ट अस्पतालका डा। मिचेल स्मिथ र उनको टोलीको अध्ययनमा संलग्न वैज्ञानिक र चिकित्सकले चीनबाट कोरोना भाइरसको संक्रमण नभएको दावी गरेका छन् । उनीहरुले नोभेम्बरमै युरोपमा कोरोना भाइरसको संक्रमण फैलिइसकेको दावी गरेका छन् । यसअघि फ्रान्सले जनवरी २४ मा कोरोना भाइरसको संक्रमण भएको जनाएको थियो ।
अध्ययनले १६ नोभेम्बर सन् २०१९ मा फ्रान्समा कोरोना संक्रमण लिएर दुईजना बिरामी अस्पताल आएको बताए । सबै प्रकारको अध्ययनबाट फ्रान्समा नोभेम्बरमै कोरोना भाइरसको संक्रमण देखिएको पुष्टि गरिएको छ ।
त्यो समयमा कोरोना भाइरसको बारेमा चिकित्सकले पहिचान र शंका पनि नगरेको अध्ययनको निष्कर्ष छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस