लुम्बिनी – बीउ राख्ने बेलामा मलखादको अभाव भएको जनगुनासो बढेपछि प्रदेश नं ५ भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री आरती पौडेलले सोमबार आकस्मिक रुपमा मलखाद गोदामको निरीक्षण गरेकी छिन् ।
अवलोकनपछि मन्त्री पौडेलले सहकारीले पारदर्शी ढंगले वितरण नगरेको देखिएकाले अबका दिनमा कडाइ गरिने बताइन् ।
मन्त्री पौडेलले कृषि सामग्री केन्द्र लिमिटेड प्रादेशिक कार्यालय भैरहवाको गोदाम तथा कार्यालयमार्फत वितरण गरिएको मलखादको तथ्यांक जाँच गर्दै भनिन्, “ग्रामीण क्षेत्रका किसान संलग्न सहकारीले भन्दा बजारका बचत सहकारीले धेरै मलखाद लगेको देखिएको छ । यसो हुनुहुँदैन ।”
सहकारीले वडाध्यक्षका सिफारिसमा बिक्री केन्द्रका नाममा मलखाद ल्याउने र बेच्ने गरेका छन् । यसबाट सहुलियतको मलखाद व्यापारीको हातमा पुगेको देखिन्छ ।
कृषि सामग्री केन्द्र लिमिटेड प्रादेशिक कार्यलयका प्रमुख अजय श्रीवास्तवले वडाध्यक्षले सिफारिस गरेका आधारमा विगतका वर्षदेखि नै मलखाद दिने गरिएको बताए ।
श्रीवास्तवका अनुसार बन्दाबन्दीका कारण भारतको बन्दरगाहमा मलखाद आएर रोकिएकाले समस्या देखिएको हो । किसानका लागि मलखादको प्रबन्ध मिलाउने जिम्मेवारी नेपाल सरकारले कृषि सामग्री केन्द्र लिमिटेड र साल्ट ट्रेडिङ लिमिटेडलाई दिएको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस