बीबीसी । गत महिना स्पेनमा रहेको उत्तर कोरियाली दूतावासमा अपरिचित समुहले छापा मारेको घटनालाई उत्तर कोरियाले गम्भीर आतङ्की हमला ठहर गरेको छ । उत्तर कोरियाका तर्फबाट आएको पहिलो आधिकारिक बयानमा सरकारले स्पेनलाई यसबारे गम्भीर अनुसन्धान गर्न आग्रह गरेको हो । घटनामा एफबीआइको पनि भूमिका रहेकाबारे आफूलाई जानकरी भएको उत्तर कोरियाले बताएको हो ।
बुधबार मात्र हमलामा किम शाषन विरोधी एक रहस्यमय संस्थाको हात रहेको जानकारी प्राप्त भएको थियो । सो समूहले किम परिवारको निरङ्कुश शाषनलाई जरैदेखि हटाउने संकल्प लिएको बताइएको छ । छिओलिमा सिभिल डिफेन्स, सीसीडी नामक सो समूहले दूतावासबाट कम्प्युटर, युएसबी लगायत विभिन्न डाटाहरु उठाएर लगेको अनि सबै प्रमाण एफबीआइलाई बुझाएको बताएको छ । हालसम्म यसमा संलग्न गिरफ्तारीका लागि दुईवटा अन्तराष्ट्रिय मुद्दा दर्ता भएका छन् ।
दूतावासका अनुसार हतियार सहित बलपूर्वक प्रवेश गरेको सो समूहले कुटपिट लगायत हिंसा समेत मचाएको थियो । कर्मचारीहरुसँग सोधपुछ गरिसकेपछि उनीहरुलाई त्यहाँबाट भाग्न प्रस्ताव गरेको र अस्वीकार गरेपछि उनीहरुलाई बेसमेन्टमा लगि बाँधिएको बताइएको छ । यसका संलग्न दुईजना अमेरिकी नागरिक भएको बताइएको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस