एजेन्सी । नासाका प्रमुख जिम ब्रिडनस्टाइनले भारतको एन्टि–स्याटलाइट परीक्षणले अन्तरिक्षमा फोहोरका ४०० टुक्रा उत्पन्न गराइ अन्तर्राष्ट्रिय स्पेस स्टेसन, आईएसएस र अन्तरिक्षयात्रीहरुलाई जोखिममा पारेको गुनासो गरेका छन् । ती मध्ये केबल ६० टुक्राहरु मात्र नियन्त्रणमा ल्याउन सकिने ठूलो आकारको भएको उनले बताए ।
त्यस्तै भग्नावशेषका २४ टुक्राहरु भने स्पेस स्टेसनको अर्बिट माथि पुगेको बताउँदै उनले यसको भयनाक परिणामबारे चेतावनी दिएका हुन् । उनले भने, “यो अत्यन्तै भयानक कार्य हो । स्पेस स्टेसनकै माथि फोहोर थुप्रिनु कुनैपनि हालतमा उचित मान्न सकिँदैन । यस्ता किसिमका गतिविधिले अन्तरिक्ष उडानमा मानव भविष्यलाई जोखिममा पारिदिनेछ,” उनले थप भनेका छन्, “हाम्रा सहकर्मीहरुका लागि खतरनाक साबित हुने किसिमले भ्रमणपथ फाहोर गर्ने अनुमति, हामीलाई स्वीकार्य हुनेछैन ।”
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गत मार्च २७ मा मात्र देशले अन्तरिक्षमा ऐतिहासिक उपलब्धि हासिल गर्दै आफूलाई अन्तरिक्ष महाशक्तिका रुपमा स्थापित गरेको घोषणा गरेका थिए । यसअघि अमेरिका, रुस र चीन मात्र एन्टि–स्याटलाइट मिसाइल क्षमतायुक्त राष्ट्र मानिन्थे ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस