टोकियो- कोरोना संक्रमण नियन्त्रण हुँदै गए सँगै जापान सरकारले मानवीय गतिविधि तथा आर्थिक गतिविधि सञ्चालनमा ल्याउन थालेको छ ।
संकटकाल हटाएको छ भने मानवीय चहलपहल पनि सुरु गरेको छ । यसै बिच जापानले निश्चपत देशहरुबाट यात्रुहरुको आवत जावतलाई समेत खुल्ला गर्ने योजना अगाडी बढाएको छ ।
रेष्टुरेन्ट, सिनेमा तथा विद्यालयहरु सञ्चालनमा आएसँगै जापान सरकारले अन्य गतिविधिहरुलाई पनि विस्तारै सञ्चालनमा ल्याउने भएको छ ।
सरकारी अधिकारीहरुका अनुसार कोरोना संक्रमण प्रभाव कम भएका देशहरु अष्ट्रिया, न्युजिल्याण्ड, थाइल्याण्ड तथा भियतनाम लगायतका देशहरुबाट पर्यटकहरुलाई प्रवेश दिने बारे छलफल सुरु भएको छ ।
समाचार बारे परराष्ट्र भने मौन रहेको छ । कोरोना संक्रमणबाट हाल सम्म जापानमा १७ हजार बढी संक्रमित रहेका छन् भने ९०० बढीले ज्यान गुमाइ सकेका छन् । संक्रमण फैलन सक्ने खतरालाई ध्यानमा राख्दै जापान सरकारले गत फेब्रुअरीबाट विदेशी पर्यटकहरुको प्रवेश निषेध गरेको थियो ।
विदेशी नागरिकलाई प्रवेश दिइएता पनि उनीहरुलाई भीडभाड युक्त क्षेत्र, औद्योगिक क्षेत्र लगायतका क्षेत्रमा भने जान दिइने छैन । निश्चित प्रकृया पुरा गर्ने ति नागरिकहरुलाई सरकारले शशर्त जापान प्रवेश दिने भएको हो ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस