काठमाडौं- नेपालमा रहेको कथित जातीय छुवाछुतको अन्त्य गर्न पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले सबैजनाले एकै थर लेख्नुपर्ने प्रस्ताव गरेका छन्।
आइतवार प्रतिनिधिसभामा भएको छलफलमा भाग लिँदै उनले सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेटमाथि यस्तो बताएका हुन्।
उनले देश आघि बढ्नको लागि श्रमिक र सिल्पी दलित समुदायलाई हेप्न र अपमानित गर्ने प्रबिर्ती हतौना आवश्यक रहेको बताएका छन्।
‘श्रम गर्नेलाई हेपेर दलित भनेर हुन्छ। अहिले पनि जातीय छुवाछुतका आधारमा यसरी प्रताडित गर्न पाइन्छ?’, उनले भने, ‘बरु यो छुवाछुत प्रथा हटाउन सबैले एकै थर लेखौं। म पनि बरु बाबुराम भट्टराई ‘कामी’ भनेर लेख्न तयार छु। सबैले थर एकै लेखौं।’
उनले रुकुममा जातीय विभेदका नाममा गरिएको पाँच युवकको हत्यालाई प्रतिक्रान्तिको संज्ञा दिएका छन् ।
‘क्रान्तिको आधार इलाका रुकुममा त्यत्रो प्रतिक्रान्ति हुन्छ भने देश कहाँ जाँदैछ?’, उनले सोधे, ‘हामीले यी बेथितिलाई हटाउनैपर्छ। एउटै झट्कामा किन भत्काउन सक्दैनौं तर सबैले साझा प्रयास गरौं।’
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस