रुपन्देही – अन्तरराष्ट्रिय सन्धिसम्झौता र मापदण्ड विपरीत भारतले सीमा क्षेत्रमा चार लेन सडक निर्माण शुरु गरेको छ । रुपन्देहीको रोहिणी गाउँपालिकासँग सीमा जोडिएको क्षेत्र नजीकै सडक निर्माण शुरु भएपछि स्थानीयवासी डुबानको समस्या हुने भन्दै चिन्तित भएका छन् ।
भारतीय पक्षले वर्षात्मा पानी रोक्ने हिसाबले सीमा क्षेत्रको १५ मिटर नजीकैबाट झण्डै ६ फिट अग्लो सडक निर्माण थालेपछि नागरिकमा त्रास छाएको हो । रोहिणी– ५ र ६ का इमिलीहवा, बुची, बोधबार र विष्णुपुरा गाउँ डुबानमा पार्ने गरी सडक निर्माण शुरु गरेको भन्दै प्रदेश नं ५ का प्रदेशसभा सदस्य डा कृष्णप्रसाद न्यौपानेले आपत्ति जनाउनुभएको छ । न्यौपानेले आज विज्ञप्ति जारी गरी नेपाल भारत सीमा क्षेत्रमा पूर्वबाट पश्चिमतर्फ सामान्य गस्ती गर्नका लागि सडक बनाउने भनिए पनि भारतले नेपाली भूभाग नै डबानमा पर्ने गरी सडक निर्माण थाल्नु दुर्भाग्य भएको जनाएका छन् ।
विज्ञप्तिमा भनिएको छ, “भारतले अन्तरराष्ट्रिय सन्धिसम्झौता र मापदण्ड विपरीत नदीनालाको प्राकृतिक बहावमा असर पर्ने गरीे दशगजा क्षेत्रमा चार लेनको सडक निर्माण गरेको छ । सडक निर्माणपछि वर्षाको समयमा पानीले निकास नपाउने र पानीको बहाव थुनिई त्यस आसपासको गाउँको हजारौँ बिघा खेती गरिने जमीन र नेपाली नागरिक बसोबास गर्ने भूभाग डुबानमा पर्ने निश्चित देखिएको छ ।”
उनले अन्तरराष्ट्रिय सन्धिसम्झौतानुसार दशगजा क्षेत्र नजीक नदीनालाको प्राकृतिक बहाव तथा मानवीय रुपले असर पुग्ने गरी दुवै मुलुकतर्फ आठआठ किलोमिटर दूरीमा भौतिक संरचना निर्माण गर्दा एकार्को मुलुकको सहमति लिनुपर्ने भए पनि भारत पक्षले उक्त क्षेत्रमा सडक परियोजना सञ्चालन गर्दासमेत नेपाल पक्षसँग कुनै सहकार्य नगर्नु दुर्भाग्य भएको बताए ।
“सीमावर्ती क्षेत्रका नेपालीको घरखेत डुबानको जोखिमलाई ध्यानमा राखी छिमेकी राष्ट्रको मर्यादालाई पनि ख्याल राख्दै निर्माण कार्यलाई तत्काल बन्द गरी अन्तरराष्ट्रिय सन्धि र सम्झौता अनुसार संरचना निर्माण गर्न भारत सरकारलाई आग्रह गर्दछु । साथै संघीय सरकारले यस विषयलाई गम्भीरतापूर्वक लिई कूटनीतिक वार्ताद्वारा समस्या समाधान गर्न पनि अनुरोध गर्दछु”, प्रदेश सभासदस्य न्यौपानेले विज्ञप्तिमा उल्लेख गरेका छन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस