बिर्तामोड — शुक्रबार कोरोना भाइरस संक्रमण पुष्टि भएका झापाका २७ जना संक्रमितलाई धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रहेको कोभिड अस्पतालले भर्ना लिन अस्वीकार गरेको छ ।
अस्पतालले भर्ना नलिएपछि संक्रमितहरु शुक्रबार रातभर अस्पतालको गेट बाहिरै बसेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार अपरान्ह उनीहरुमा कोरोना संक्रमण भएको पुष्टि गरेको थियो ।
पुष्टिलगत्तै उनीहरुलाई कचनकवल गाउँपालिका–४ स्थित क्वारेन्टाइनबाट साँझ ६ बजेतिर बसमार्फत धरान लगिएको थियो । तर, धरानस्थित कोभिड अस्पतालले राख्ने ठाउँ नभएको भन्दै भर्ना नलिएपछि संक्रमितहरु रातभरि गेटबाहिरै भएका हुन् ।
उनीहरुलाई प्रदेश १ सरकारको सामाजिक विकास मन्त्रालयको समन्वयमा धरान पठाएको जिल्ला स्वास्थ्य कार्यालयका फोकल पर्सन जीवन चम्लागाईले जानकारी दिए ।
‘संक्रमण पुष्टि भएकाहरुलाई धरान नै पठाइरहेका थियौं । मन्त्रालयको समन्वयमा उनीहरुलाई पनि धरान पठाएका हौं’ चम्लागाईले भने,‘तर, अस्पतालले बेड खाली नभएको भन्दै भर्ना दिएको छैन । संक्रमतिहरु रातिदेखि अस्पतालको गेट बाहिर बसिरहेका छन् ।’
जिल्लामा कोभिड संक्रमितको संख्या १ सय ५ पुगेको छ । उनीहरुमध्ये कचनकवल गाउँपालिकामा मात्र एक सय जनामा संक्रमण पुष्टि भएको हो । संक्रमितमध्ये २ जना उपचार पछि घर फर्किएका छन् भने अन्य सबै उपचाररत छन् । कान्तिपुर दैनिकबाट
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस