सिन्धुपाल्चोक – नेपाल प्रेस युनियन जिल्ला शाखा सिन्धुपाल्चोकले आफ्ना सवै सदस्यको कोरोना भाइरस (कोभिड–१९) बीमा गरेको छ ।
शाखा अध्यक्ष दुर्गा आचार्यका अनुसार कोभिडसँग सम्बन्धित समाचार संकलनमा खटिने सञ्चारकर्मीलाई सहयोग पुर्याउने उद्देश्यले प्रतिव्यक्ति १ लाख बराबरको बीमा गरिएको हो ।
पिसीआर परीक्षणबाट पोजिटिभ देखिएमा त्यस्ता सदस्यले शाखामार्फत तत्कालै १ लाख पाउनेछन् । यस्तो रकम पाउन बीमा गरिएको १५ दिनपछि पोजिटिभ देखिनुपर्नेछ ।
संगठनले ठूलो सहयोग गर्न नसकेपनि शाखा सदस्यहरुलाई काममा हौसला प्रदान गर्न सानो प्रयासको थालनी गरेको अध्यक्ष आचार्यले बताइन् ।
काठमाडौंलाई कर्मथलो बनाएर क्रियाशील केही सदस्यहरुले आआफ्नो सञ्चारमाध्यममार्फत बिमा गरेको आचार्यले बताइन् ।
शाखाले आर्थिकभार आफैंले व्यहोरेर आजैबाट लागू हुनेगरी ५५ जनाको बीमा गरेको छ ।
अप्ठेरो अवस्थामा जोखिम बहन गरेर पहिलो पंक्तिमा रहेर काम गर्ने सदस्यका लागि भविष्यमा अन्य सहयोग जुटाउने प्रयास भइरहेको सिन्धुपाल्चोक प्रेस युनियनले जनाएको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस