पाल्पा – तानसेन नगरपालिकाले तानसेनस्थित ऐतिहासिक अमरनारायण मन्दिर क्षेत्रको संरक्षण गर्न लागेको छ । मन्दिर क्षेत्रको जग्गामा स्थानीय बासिन्दाबाट अतिक्रमण भई मकैखेती गर्न थालेसँगै संरक्षण थालिएको हो ।
चालु आव २०७६-०७७ मा तानसेन नगरपालिकाको रु ११ लाख २५ हजार बजेटमा मन्दिर आसपास क्षेत्रमा तारजाली लगाई जथाभावी प्रवेशलाई रोकिएको हो । तानसेन २ का वडाध्यक्ष वरुण रेग्मीले उत्तरतर्फको नापी कार्यालयदेखि धवल पुस्तकालयसम्मको क्षेत्रमा तारबार गरी फोहोर फाल्न र मन्दिर क्षेत्रमा जथाभावी रुपमा प्रवेश रोकिएको बताए । “आठ फिटको तारजाली लगाउने गरी काम शुरु भएको छ । तारजाली नाघेर फोहोर फाल्ने काम रोकिने छ”, वडाध्यक्ष रेग्मीले भने ।
चालु आवमै मन्दिर क्षेत्रमै हनुमान र नौग्रहको मन्दिर पनि निर्माण गरिएको छ । मन्दिर क्षेत्रको करीब २७ रोपनी जग्गामा १२ टोलविकास संस्थाले फलफूल रोपी सुन्दर बनाउने कार्यक्रम छ । नापी कार्यालयदेखि धवल पुस्तकालयसम्मको भागमा बढी मात्रामा फोहोर छ । तानसेनको भित्री क्षेत्र रहेकाले फोहोर उठाउन गाडी नजाने हुँदा फोहोर मन्दिर क्षेत्रमा फाल्न बाध्य भएको स्थानीयबासिन्दाको गुनासो छ । मन्दिर क्षेत्रमा रहेको उद्यानमा एक स्थानबाट मात्र प्रवेश गर्ने र चौकीदारको व्यवस्था भएमा मन्दिर क्षेत्र संरक्षण हुने वडाध्यक्ष रेग्मीले बताए ।
तारजाली लगाउने काम अघि बढे पनि पोखरी निर्माणको काम बन्दाबन्दी कारण समस्यामा परेको छ । ढुवानी गरी सामान ल्याउनुपर्ने बाध्यताका कारण पोखरी निर्माणको काम अधुरो रहेको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष नारायण कोइरालाले बताए ।
काजी अमरसिंह थापाले विसं १८६३ मा कलात्मक अमरनारायणको मन्दिर निर्माण गरी विसं १८७८ देखि अमरनारायणको रथयात्रा गर्ने परम्परा बसालेका थिए । भाद्रकृष्ण अष्टमीका दिन जाग्राम बस्ने र नवमीका दिन रथ निकाली जात्रा गर्ने परम्परा छ । यसलाई पाल्पा जिल्लाको नै अन्तिम जात्राका रुपमा लिइन्छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस