लम्की – सुदूरपश्चिम प्रदेशको विभिन्न नाका भएर भारतका विभिन्न शहरबाट जेठ २ गते यता ३९ हजार ८६० नेपाली भित्रिएका छन् । रोजगारीका लागि भारतका विभिन्न शहर गएकाहरू आउनेक्रम अझै जारी छ । बिहीबार बैतडीको झुलाघाट नाकाबाट समेत नेपाली भित्रिएका छन् ।
जिल्ला प्रशासन कार्यालय, कैलालीका अनुसार जेठ २ गतेदेखि अहिलेसम्म गौरीफन्टा नाकाबाट २८ हजार ८७९ जना भित्रिएका छन् । जसमा जेठ २ मा ३८३ जना, ३ गते ४०३, जेठ ७ गते ८३४, ८ गते दुई हजार ४९८, जेठ ९ गते दुइ हजार ११, १० गते एक हजार ९५९, ११ गते तीन हजार ९६४, १२ गते दुई हजार २२७, १३ गते पाँच हजार २४२, १४ गते चार हजार ७९४ र १५ गते चार हजार ५६४ जना रहेका छन् ।
त्यसै गरी, कञ्चनपुर जिल्ला प्रशासन कार्यालयका अनुसार बुधबारसम्म आठ हजार नेपाली गड्डाचौकी नाकाबाट भित्रिएको बताउँदै बिहीबार दुई हजार ४०५ नेपाली उक्त नाकाबाट भित्रिएको जनाइएको छ । त्यस्तै, बैतडीको झुलाघाट नाकाबाट ५७६ जना नेपाली भित्रिएको जिल्ला प्रहरी कार्यालय, बैतडीका ले जनाएको छ ।
भारतमा अलपत्र परेका हजारौँ नेपालीलाई ल्याउन नेपाल भारत सीमा नाका खुल्ला गरिएसँगै उनीहरूको आउने क्रम बढ्दै गइरहेको छ । सीमा क्षेत्र तथा भारतको विभिन्न क्वारेन्टाइनमा रहेका नेपालीलाई भित्र्याउने कार्य भइहेको छ ।
जेठ २ गतेदेखि नेपाल भित्रिनेहरूको विवरण दैनिक सीमामा खटिएका सुरक्षाकर्मीले राखी सम्बन्धित जिल्लामा पठाउने कार्य गरिएको छ । सीमा खुल्ला गरिएपछि पछिल्लो पटक सुदूरपश्चिमका नाै जिल्लालगायत अन्य जिल्लाका नागरिकलाई सम्बन्धित पालिकाले आफैँ सवारीसाधन पठाएर लगिरहेका छन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस