हाम्रोे समाजमा खाना पकाउने अर्थात् भान्सा सम्हाल्ने काम महिलाको हो भन्ने मान्यता छ र यो काम गृहिणी महिलाकै काँधमा हुन्छ ।
घरमा खाना पकाउने काममा त अधिकांस महिलाहरु नै संलग्न भएका हुन्छन् तर दुनियामा विभिन्न होटल रेष्टुरेन्टहरुमा खाना पकाउने शेफको रुपमा भने महिलाको तुलनामा पुरुषको संख्या निकै बढि रहेको पाइन्छ । यसको अर्थ खाना पकाउने कामलाई पेशाको रुपमा अँगाल्ने मामिलामा पुरुषहरु महिलाको तुलनामा अगाडि देखिन्छन् ।
सायद तपाइँले एउटा उखान सुन्नुभएकै छ होला, दीलको बाटो पेट हुँदै गएको हुन्छ । यो भनाइ महिलाहरुकै सन्दर्भमा भन्ने गरिन्छ । तर साँचो के हो भने महिलाहरु समेत यस्ता पुरुष मन पराउँछन् जसले खाना पकाउन जान्दछन् ।
महिलाहरु खाना पकाउन सिपालु पुरुषहरुप्रति बढि आकषिर्त हुने विभिन्न अध्ययनहरुले देखाएका छन् । आफ्नो पार्टनरलाई खुसी राख्ने मामिलामा पुरुषको खाना पकाउने सीप निकै कामयावी हुन्छ । आफ्नो पार्टनरलाई खुसी राख्नका लागि उनलाई मनपर्ने खानेकुरा बनाएर टक्राउने तथा कुनै विशेष दिनमा आफैले खाना बनाएर भोजको आयोजना गर्ने पुरुष पार्टनरबाट महिलाहरु निकै खुसी हुन्छन् ।
अफिस वा अन्य कामका लागि बाहिर जानु नपर्ने अर्थात् विदाको दिनमा समेत भान्सामा श्रीमतीलाई सघाउने पुरुषहरु कमै हुन्छन् । तर यदि तपाइँले फुर्सदको समयमा भान्साको धन्दामा श्रीमतीलाई सघाउनुभयो भने उनी निकै खुसी हुन्छिन् र तपाइँहरुबीचको आत्मीयतामा पनि वृद्धि हुन्छ ।
यदि तपाइँलाई खाना बनाउन आउँछ भने कुनैदिन तपाइँको श्रीमती बिरामी हुँदा तपाइँ आफैले खाना बनाएर खुवाउन सक्नुहुन्छ । तर कतिपय पुरुषहरु त खाना बनाउनै नआउने हुँदा बिरामी भएपनि श्रीमतीहरुले नै सकी नसकी खाना बनाउनुपर्ने हुन्छ ।
महिलाहरु सधै आफैले पकाएको खानेकुरा खाँदा दिक्क भएका हुन्छन् । यस्तो बेलामा उनीहरु कुनैदिन अरुले पकाएको खानेकुराको फरक स्वाद पनि लिन चाहन्छन् । त्यसैले यदि तपाइँले बेलाबेलामा आफुले पकाएर परिवारलाई खुवाउनुभयो भने त्यसले उनमा खुसी बढ्दछ र दाम्पत्य जिवन सुखमय बनाउन मद्धत मिल्दछ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस