वि.सं.२०७७ साल जेठ १५ गते । बिहीबार । ईश्वी सन् २०२० मे २८ तारिख । नेपाल संवत् ११४० । प्रमादी संवत्सर । उत्तरायन । ग्रीष्म ऋतु । श्रीशाके १९४२ । जेष्ठ शुक्लपक्ष । तिथि– षष्ठी,३९ घडी ३८ पला,बेलुकी ०९ बजेर ०३ मिनेट उप्रान्त सप्तमी । नक्षत्र– तिष्य, ०१ घडी ३५ पला,बिहान ०५ बजेर ४९ मिनेट उप्रान्त अश्लेषा । योग– ध्रुव,४४ घडी २७ पला,बेलुकी १० बजेर ५८मिनेट उप्रान्त व्याघात । करण– कौलव,बिहान ०९ बजेर ५० मिनेट उप्रान्त तैतिल,बेलुकी ०९ बजेर ०३ मिनेट उप्रान्त गर । आनन्दादिमा–शुभ योग । चन्द्रराशि–कर्कट । काठमाडौंमा सूर्योदय ०५ बजेर ११ मिनेट,सूर्यास्त बेलुकी ०६ बजेर ५१ मिनेट । दिनमान ३४ घडी ११ पला । राष्ट्रिय गणतन्त्र दिवस। कुमार–षष्ठी। सिथिनख। भक्तपुरमा चण्डी भगवती यात्रा।
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
आमा तथा आफन्त टाडिनाले मन खिन्न हुनेछ । राजनीति तथा समाजसेवामा धेरै आलोचना र थोरै समर्थन पाईनेछ । साथिभाई तथा मनपरेको मित्र सँग सामान्य मनमुटाब सिर्जना हुनेछ । तरपनि माटो तथा खनिज पदार्थको कारोबारबाट मनग्गे लाभ लिन सकिनेछ । सवारी साधन प्राप्तीको योग रहेपनि चलाउदा ख्याल गर्नुहोला ।
बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)
माया प्रेममा अविश्वास बढ्ने तथा पति पत्नी बिचको सम्बन्धमा सामान्य मनमुटाब बढ्नेछ । साना तिना स्वास्थ्य सम्बन्धि समस्याले सताउँने । व्यापार व्यावसायमा नाँफा कमाउन निकैनै समय खर्चिनु पर्नेछ भने आर्थिक कारोबार बिग्रने हुँदा काममा असजिलो महशुष हुँनेछ । दाजुभाई तथा छिमेकिसँग सामान्य कुरामा विवाद चुलिन सक्छ ध्यान दिनुहोला ।
मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा)
बोलिको प्रभाव बढ्ने हुँदा बोलेकै भरमा कामहरु सम्पादन हुनेछन् । भौतिक सम्पति तथा धातु संग्रह गर्न सकिनेछ । साथिभाईका साथमा मिष्टान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । प्रविधिको प्रयोग गरि अध्ययनलाई निरन्तरता दिन सकिनेछ । तरपनि समय प्रतिकुल रहेकोले सरसफाईमा ध्यान दिनुहोला । अत्यावस्यक काममा बाहेक यात्रा नगर्नुहोला ।
कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
पुराना कमिकमजोरि सुधार्दै नयाँ काममा हात हाल्न सकिनेछ । पारिवारि माहोलमा जमघट भई मिष्टान्न भोजन ग्रहण गर्ने अवसर आउँनेछ । माया प्रेममा रमाईलो गर्दै समय व्यातित हुनेछ । घर परिवार तथा आफन्तको सद्भाव तथा सहयोग पाईने हुनाले मन प्रशन्न हुनेछ । राजनितिज्ञको लागि समय राम्रो रहेकोछ । तरपनि वाहिरी वातावरण तथा सरसफाईमा ध्यान दिनुहोला ।
सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे)
समय मध्ययम रहेकोले स्वास्थ्यमा समस्या आई खर्च बढ्ने योग रहेकोछ । पढाई लेखाईमा समय दिन नसक्दा अरुभन्दा पछि परिनेछ । माया प्रेममा अबिश्वास बढ्ने तथा परिवारका अग्रज व्याक्तित्व सँग राय बाजिनेछ । काम वा अध्ययनको शिलशिलामा विदेशी भूमिमा हुनुहुन्छ भने सरसफाईमा विशेष ध्यान दिनुहोला ।
कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)
अग्रजहरुको सहयोगले राम्रा तथा परिणाममुखि काम गर्न सकिनेछ । अध्ययनमा भनेजस्तो नतिजा हातलागि हुनेछ । प्रेममा सामिप्यता बढेर जानेछ । ईच्छा तथा चाहनाहरु पुरा हुने समय रहेकोछ । औषधीजन्य तथा खाद्यान्नसँग सम्वन्धीत सामानको खरिद बिक्रीमा वृद्धि हुनेछ भने अन्य सामानको व्यापारमा मन्दि आउँने तथा घाटा लाग्नेछ ।
तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते)
सरकारि तथा प्रशासनिक काम गर्दा झन्झट बेहोर्नुपर्नेछ भने सरकारि ओहोदामा बसेर सेवा प्रबाह गर्नेहरुले दुख दिन सक्छन् । व्यापार व्यावसायमा प्रशस्त समय खर्चिय पनि आम्दानि कमै हुँनेछ । पढ्न लेख्नमा मन नजाने हुँनाले अरुभन्दा पछि पर्ने अधिक सम्भावना रहेकोछ । पारिवारिक सम्बन्धमा चिसोपनको महशुष हुँनेछ भने आफन्तहरु टाडिने हुँदा मन खिन्न रहनेछ ।
बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)
समय राम्रो रहेकोले पढाइ लेखाइ तथा अतिरिक्त क्रियाकलापमा भाग लिई अपेक्षित नतिजा हात पार्न सकिनेछ । माया प्रेम तथा पति पत्नी विचको सम्बन्धमा थप प्रगाडता थपिनेछ । समाजमा तारिफयोग्य काम गरि नाम कमाउँन सकिनेछ । तरपनि काम वा अध्ययनको शिलशिलामा विदेशी भूमिमा हुनुहुन्छ भने सरसफाईमा विशेष ध्यान दिनुहोला ।
धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)
काम गर्ने बिभिन्न अवसर सदुपयोग गर्न नजान्दा समयले तपाईलाई पछि छोड्नेछ । व्यापारमा आम्दानि कम हुने तथा लगानि गर्न केहि समय कुर्नुहोला । प्रेममा अबिश्वास तथा धोका हुनेछ । खानपानमा ध्यान नदिए स्वास्थ्य सम्बन्धि समस्याले पिरोल्नेछ । आफन्त दिदिबहिनी सँग मनमुटाब सिर्जना हुनेछ । अध्ययनमा मन नजादा अरुभन्दा पछि परिनेछ ।
मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)
अवसर प्राप्त भएपनि अनावस्यक भेटघाट तथा अरुकै कामले अलमल्याउन सक्छ । बलभन्दा बुद्धिको प्रयोग मार्फत काममा जुट्नुनै आजको दिन राम्रो रहनेछ । यात्रागर्दा ध्यान नदिय जोखिम बढ्न सक्छ । पढाइमा मन नजादा अरुभन्दा पछि परिनेछ । व्यापार व्यावसायमा अवसर भन्दापनि चुनौतिको सामना गर्नु पर्नेछ । प्रेममा अविस्वास बढ्ने योग रहेकोछ ।
कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा)
विवाद तथा प्रतिष्पर्धामा भाग नलिनुनै राम्रो रहनेछ । सत्रुलाग्ने तथा न्यायिक निर्णयहरु तपाईको पक्षमा नआउन सक्छ । आफन्त तथा मावली पक्षसँग सामान्य कुरामा राय बाजिनेछ । अध्ययनमा मन नजादा अरुभन्दा पछि परिनेछ । ऋण,रोग तथा संकटको सामना गर्नुपर्नेछ भने तपाईको काममा अप्ठ्यारा परिस्थितिहरु सिर्जना हुनेछन् । धन सम्पति तथा अचल सम्पति हराउन तथा लुटिन सक्छ सजक रहनुहोला ।
मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)
सन्तान तथा परिवारका सदस्यबाट सहयोग पाईनेछ । नाँफा मुलक व्यावसाय भन्दा सेवामुलक व्यावसाय फस्टाएर जानेछ । अध्ययनमा ध्यान जादा बौद्धिक क्षेत्र फराकिलो हुनेछ । प्रयन्न गरेका कामहरु सजिलै सम्पादन हुनेछन् । महंगो उपाहार तथा भौतिक सम्पति प्राप्त हुनेछ । अदालती निर्णयहरु तपाईकै पक्षमा सम्पादन हुनेछन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस