सोल-अमेरिकामा राष्ट्रपतिय चुनाव नजिकिदै गरेका बेला उत्तर कोरियाले भने ब्यालेस्टिक मिसाइल हान्न सक्ने अत्याधुनिक पनडुवी जहाज सञ्चालन गर्ने तयारि अन्तिम चरणमा पुगेको बताएको छ ।
उसले यो कार्यलाई आणविक हतियार शसक्तिकरणको यौटा नयाँ अध्यायको रुपमा चित्रण गरेको छ ।
तीन साता लामो गुप्तवास पश्चात उत्तर कोरियाली नेता किम जोङ उनले आणविक कार्यक्रमलाई अझ शसक्त बनाएर लैजाने आफ्नो उच्च स्तरिय बैठकमा बताए लगत्तै पनडुवी सैन्य जहाज बारे समाचार आएको हो । समाचारका अनुसार उत्तर कोरियाले गत बर्ष मात्र रणनीतिक हतियार सार्वजनिक गर्ने बताएको थियो ।
यता दक्षिण कोरियाली इन्टेलिजेन्स अधिकारीहरुका अनुसार उनीहरुले उत्तर कोरियाले सन् २०१९ बाट गरिरहेका आणविक हतियार विकासलाई अत्यन्तै सूक्ष्म अध्ययन गरिरहेको बताएको छ ।
अधिकारीहरुका अनुसार उत्तरले बनाउदै गरिएको भनेको उक्त सैन्य पनडुवी जहाज ३००० टन को रहने र यसले ३ वटा ब्यालेस्टिक मिसाइलहरु बोक्न सक्दछ । अधिकारीहरुका अनुसार उक्त पनडुवि जहाज सिन्पो स्थित सैन्य बेसमा निर्माण भइरहेको छ ।
उक्त पनडुवि जहाज निर्माणको अन्तिम चरणमा रहेको र परिक्षणको तयारि भइरहेको पनि अधिकारीहरुले बताएका छन् । हाल उत्तर कोरिया सँग ७० भन्दा बढी त्यस्ता जहाज रहेको बताइएको छ र ति मध्ये केहि काम नलाग्ने र समुद्र तटीय क्षेत्रमा मात्र काम गर्ने क्षमताका रहेको अधिकारीहरुले बताएका छन् ।
हाल निर्माण गरिरहेको पनडुबी जहाजले १३०० कि मि सम्म मार हान्न सक्ने पनि अधिकारीहरुले बताएका छन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस