वि.सं.२०७७ साल जेठ १३ गते । मंगलबार । ईश्वी सन् २०२० मे २६ तारिख । नेपाल संवत् ११४० । प्रमादी संवत्सर । उत्तरायन । ग्रीष्म ऋतु । श्रीशाके १९४२ । जेष्ठ शुक्लपक्ष । तिथि– चतुर्थी ,४५ घडी ५९ पला,बेलुकी ११ बजेर ३५ मिनेट उप्रान्त पंचमी । नक्षत्र– आद्र्रा, ०२ घडी ४२ पला,बिहान ०६ बजेर १७ मिनेट उप्रान्त पुनर्वसु । योग– गंड,५४ घडी ५५ पला,रातको ०३ बजेर १० मिनेट उप्रान्त वृद्धि । करण– वणिज,मध्यान्ह ११ बजेर ५७ मिनेट उप्रान्त भद्रा,बेलुकी ११ बजेर ३५ मिनेट उप्रान्त बव । आनन्दादिमा–चर योग । चन्द्रराशि–मिथुन । काठमाडौंमा सूर्योदय ०५ बजेर ११ मिनेट,सूर्यास्त बेलुकी ०६ बजेर ५० मिनेट । दिनमान ३४ घडी ०७ पला ।
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
पढाई लेखाईमा भनेजस्तो प्रगति गर्न सकिनेछ । माया प्रेमको डोरो कसिलो भएर जानेछ भने जीवन साथिको सहयोगले राम्रा काम गर्न सकिनेछ । उद्योग तथा व्यापारमा रोकिएर बसेका कामहरु सुरु गर्न सकिनेछ । तरपनि समय प्रतिकुल रहेकोले सरसफाईमा ध्यान दिनुहोला । अत्यावस्यक काममा बाहेक यात्रा नगर्नुहोला ।
बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)
प्रेममा रमाउन चाहनेहरुका लागि समय राम्रो रहेकोछ । अध्ययनमा अरुभन्दा एक कदम अगाडि बढि पुरस्कार तथा प्रशंसा पत्र आफुतिर ल्याउन सकिनेछ । कार्य क्षेत्रमा तपाईको बोलिको प्रभावले महत्वपुर्ण अर्थ राख्दछ । सामाजिक तथा पारिवारिक सम्बन्धहरुमा सुधार भएर जाने योग रहेकोछ । नातागोताको सहयोगले सुरु गरेको कामहरु स्वत स्फुर्त रुपमा अगाडि बढ्नेछन् ।
मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा)
लगनशिलता तथा मेहनेतले राम्रा काम गरि नाम कमाउँन सकिनेछ । प्रयत्न गर्दा लक्ष्य प्राप्त हुने तथा दिगो काम प्रारम्भ गर्न सकिनेछ । राजनीति तथा समाजसेवामा समय खर्चनेहरुले पद तथा मान सम्मान पाउने योग रहेकोछ । औषधीजन्य तथा खाद्यान्नसँग सम्वन्धीत सामानको खरिद बिक्रीमा वद्धि हुनेछ भने अन्य सामानको व्यापारमा मन्दि आउँने तथा घाटा लाग्नेछ ।
कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
खर्च भावमा गोचर गर्ने चन्द्रमाले आम्दानि भन्दा खर्च बढ्ने हुदा लगानिका अन्य अवसर गुम्नेछ । प्रेममा रमाउन चाहनेहरुका लागि समय मध्ययम रहेकोछ । खानपानमा ध्यान दिनुहोला स्वास्थ्य सम्बन्धि समस्या आउन सक्छ । काम वा अध्ययनको शिलशिलामा विदेशी भूमिमा हुनुहुन्छ भने सरसफाईमा विशेष ध्यान दिनुहोला ।
सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे)
प्राकृतिक तथा खनिज पदार्थको स्रोत तथा साधनको प्रयोगबाट भने जस्तो आम्दानि गर्न सकिनेछ । कृषि,पशुपालन,तरल पदार्थजन्य उद्योगमा लगानि गर्दा भनेजस्तो नाँफा कमाउँन सकिनेछ । बिद्या तथा प्रतिश्पर्धामा अरुलाई उछिनेर अगाडि बढ्ने समय रहेको छ । आत्मिय मित्रहरु सँग भेटघाट हुँने तथा लामो समय सँगै बसेर भलाकुसारि गर्ने अवसर प्राप्त हुँनाले मन प्रशन्न रहनेछ ।
कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)
कृषि तथा पशुपालन व्यावसाय फस्टाएर जानेछ । आफ्नै मेहनेतले जीवन शैलिमा सुधार ल्याउँन सकिनेछ । माता पिताको सहयोग तथा समर्थनले कृतिमानी काम गर्न सकिनेछ । अध्ययनमा मन जाने हुनाले नतिजा आफैतिर ल्याउँन सकिनेछ । तरपनि वाहिरी वातावरण तथा सरसफाईमा ध्यान दिनुहोला ।
तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते)
धर्म तथा अध्यात्म क्षेत्रमा मन जानेछ भने धार्मिक प्रवृती बढ्नेछ । धर्म तथा अध्यात्म सँग सम्बन्धित कामहरु हुनेछन् । पढाई लेखाई वा खोजिमुलक क्षेत्रमा चासो बढ्नेछ । भाग्य तथा समयले प्रेमपात्र जुराउनेछ । राजनीति तथा समाजसेवामा समय लिनेहरुले जनताको साथ तथा समर्थन पाउने योग रहेकोछ ।
बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)
खानपानको समय नमिल्नाले स्वास्थ्यमा समस्या आई औषधि उपचार खर्च बढ्नेछ । भौतिक तथा मानव निर्मित स्रोत साधनको प्रयोग गर्दा ध्यान दिनुहोला । पहिलेका समस्या पुनह बल्झनाले र गोप्यता बाहिर आउनाले मान सम्मानमा कमि हुनेछ । आफन्त तथा दिदिबहिनीहरुको सहयोग नपाईनाले गर्न आटेका कामहरु थाति रहनेछन् ।
धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)
अथितिको रुममा सम्मान पाईने तथा मिष्टान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । औषधीजन्य तथा खाद्यान्नसँग सम्वन्धीत सामानको खरिद बिक्रीमा वद्धि हुनेछ भने अन्य सामानको व्यापारमा मन्दि आउँने तथा घाटा लाग्नेछ । सामाजिक सञ्जाल तथा प्रविधिको प्रयोग मार्फत आफ्ना विचारहरु जनमानसमा लैजान सकिनेछ ।
मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)
लगनशिलता तथा ईमान्दारिताले दैनिकी परिवर्तन गर्न सकिनेछ । पढाई लेखाईमा सफलता प्राप्त गर्न सकिनेछ । माया प्रेममा सामिप्यता बढाउन सकिनेछ । काम वा अध्ययनको शिलशिलामा विदेशी भूमिमा हुनुहुन्छ भने सरसफाईमा विशेष ध्यान दिनुहोला । बल भन्दा बुद्धिको उपयोगले अधिकार र प्रतिष्ठा जोगाउन सफल होईनेछ ।
कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा)
वौद्धिक व्याक्तित्वहरु सामु तपाईले प्रस्तुत गर्नुभएको खरो प्रश्तुतिले सबैको मन जित्नेछ । पढाई लेखाईमा अरुभन्दा एक कदम अगि बढि नतिजा आफैतिर ल्याउँन सकिनेछ । भौतिक तथा मानव निर्मित स्रोत साधनको प्राप्तिको योग रहेकोछ । सन्तान तथा छोराछोरिको प्रगतिमा मन रमाउँनेछ । तरपनि वाहिरी वातावरण तथा सरसफाईमा ध्यान दिनुहोला ।
मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)
आफन्त तथा साथिभाई सँग राय नमिल्दा दैनिक कामहरु प्रभावित हुन सक्छन् । राजनिति तथा समाजसेवामा समय खर्चिनेहरुले काम गर्दा ध्यान दिनुहोला । निर्णय गर्न नसक्दा हातमा आईसहेको काम अरुले नै फुत्काउँनेछन् । सवारी साधनको प्रयोग गर्दा ध्यान दिनुहोला विवाद तथा किचलो हुन सक्छ । वाहिरी वातावरण तथा सरसफाईमा ध्यान दिनुहोला ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस