सोल-दक्षिण कोरियाली विद्युतीय सामाग्री निर्माता कम्पनि सामसुङले त्यहाँकै औषधि तथा खाद्य सुरक्षा मन्त्रालयबाट इलेक्ट्रोकार्डियोग्राम (इसिजी) मापन गर्ने प्रणालीको बिकास गर्न अनुमति प्राप्त गरेको छ ।
कम्पनिले सो अनुमति पश्चात डिजिटल स्वास्थ्य सेवा सुरक्षाको क्षेत्रमा ठूलो फड्को मार्न सकिने समेत जनाएको छ ।
मन्त्रालयको अनुमति सँगै अब सामसुङ कम्पनिका स्मार्ट घडी लगाउने तथा सामसुङ हेल्थ केयर एप मार्फत इसिजी मुल्याङ्कन गर्न सकिने छ ।
कम्पनिका अनुसार गत अगस्टमा सार्वजनिक गरिएको ग्यालेक्सी वाच एक्टिभ २ स्मार्ट घडीले इसिजी मापन गरणन सक्दछ । स्थानीय कानुनी झमेलाका कारण उक्त फिचर हाल उपलब्ध गराइएको छैन ।
कम्पनिले दुर्गम क्षेत्रमा बसोबास गर्ने मानिसहरुलाई समेत सहयोग हुने भन्दै उक्त प्रविधिको विकास गरेको जनाएको छ । इसिजी मापन गर्ने क्षमताको उक्त स्मार्ट घडी अागामी जुलाई देखि सेप्टेम्बरको विचमा सर्वसाधारण सम्म पुर्याउने कम्पनिको दावी रहेको छ ।
उक्त स्मार्ट फोन मार्फत इसिजी सुविधा लिन सजिलो ठाउँमा बसेर उक्त एप खोली औँलाको टुप्पालाई घडीको माथि करिव २ मिनेट ३० सेकेन्ड राखे पश्चात नतिजा आफै हेर्न सकिने कम्पनिले बताएको छ । कम्पनिले मन्त्रालयबाट रक्तचाप मापन गर्ने प्रविधिको विकास गर्ने अनुमति समेत प्राप्त गरेको छ ।
यस प्रविधिले जनतालाई उनीहरुको समस्याको बारेमा ज्ञान हुने मात्र नभई समस्याका बेला डाक्टरहरु सँग सल्लाह लिन समेत सहज हुने कम्पनिको दावी छ । कम्पनिले मानव स्वास्थ्यका क्षेत्रमा अझ बढी आधुनिक र परिस्कृत रुपले कसरि जाने भनेर विश्लेषण समेत भइरहेको जनाएको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस