काठमाडौँ- कञ्चनपुरका पाँच स्थानीय तहका क्वारेन्टिनको व्यवस्थापनमा नेपाली सेना खटिएको छ । जिल्ला सुरक्षा समितिको निर्णयअनुसार सिंहशार्दूल गुल्म भगतपुर ब्यारेकको टोली दुई दिनदेखि खटिएको हो ।
सो गुल्मका गुल्मपति सेनानी प्रणयजङ्ग मल्लले सुरक्षा समितिको निर्णयअनुसार महाकाली नगरपालिका, बेलौरी, पुर्नवास, बेल्डाँडी र लालझाडी गाउँपालिकामा खटिएको जानकारी दिएका छन् । “स्थानीय तहमा रहेका ठूला क्वारेन्टिनमा बसेर आवश्यक व्यवस्थापनको काम हामीले गर्दैछौं ।” उनले भने, “स्थानीय तहका अन्य स्थानमा रहेका क्वारेन्टिनको निगरानी र सुरक्षा सतर्कता बढाएका छौँ ।”
उनले स्थानीय तहसितको समन्वयमा सेना क्वारेन्टिनको व्यवस्थापनमा जुटेको बताए । यसअघि सेनाले गड्डाचौकी नाकामा भारतबाट आउनेको स्वास्थ्य जाँचमा समेत खटिएको थियो । त्यसैगरी आज नै उसले कोरोना सङ्क्रमणबाट मृत्यु भएकाहरुको शव व्यवस्थापनबारे यहाँ नमूना प्रदर्शन गरेको छ ।
सो गुल्म र २५ फिएको संयुक्त आयोजनामा नेपाल प्रहरी, सशस्त्र प्रहरी, महाकाली अस्पताल र जनस्वास्थ्यकर्मीलाई नमूना प्रदर्शन देखाइएको सेनाले जनाएको छ । “शव व्यवस्थापन गर्दा अपनाउनुपर्ने सुरक्षालगायत योजनाबद्ध व्यवस्थापन कसरी गर्छौँ भनेर प्रदर्शन गरिएको हो ।” सेनानी मल्लले भने, “भैपरी आउने सङ्क्रमण चुनौतीसित जुध्न सेना आवश्यक तयारी अवस्थामा छ ।”
झोलुङ्गे पुलमा तालाबन्दी
गड्डाचौकी मुख्य बाटो हुँदाहुँदै दोधारा चाँदनीबाट दैनिक सयौँ नागरिक भारतबाट स्वदेश फर्किन थालेपछि महाकाली नदीमा रहेको झोलुङ्गे पुलमा आज बिहानदेखि कञ्चनपुरको भीमदत्तनगरपालिका–१३ का स्थानीयवासीले तालाबन्दी गरेका छन् ।
“यो अन्तर्राष्ट्रिय नाका होइन”, भीमदत्तनगरपालिका–१३ का वडाध्यक्ष लालबहादुर शाहीले भने, “हामीले भारतबाट ल्याउनेलाई सुरक्षा सतर्कता अपनाएर लैजाऊ भनेका हौँ ।” उनले पुल क्षेत्रमा स्यानिटाइजेशन गर्नुपर्ने मागसहित स्थानीयवासीले तालाबन्दी गरेको बताए । “झोलुङ्गे पुल वारिपारि पनि ठूलो बस्ती छ, धमाधम भारतबाट रातभरि मान्छे ओसार्दा सङ्क्रमणको जोखिम छ ।” उनले भने, “स्वास्थ्य सुरक्षा सामग्री माग गर्दै नगरपालिका आएका छौँ ।”
माहाकाली नगरपालिकाबाट केही दिनयता झण्डै दुई हजार नागरिक भारतबाट स्वदेश भित्रिसकेका छन् । दशगजामा आएर अलपत्र रहेका नागरिकलाई सो नगरपालिकाले खानपिनलगायतको व्यवस्थापनमा जुटिरहेको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस