काठमाडाैं – भारतसँग नेपालको खुला सिमाना थिएन भने सायद यतिवेला नेपालका कोरोना संक्रमितको संख्या लगभग शून्य पनि हुन सक्थ्यो । किनकि हवाई मार्गबाट आएका संक्रमित एक व्यक्तिबाहेक सबै निको भइसकेका छन् ।
सीमा बन्द तथा लकडाउनपछि भारतबाट आएका व्यक्तिहरूबाटै नेपालमा तीव्र गतिमा कोरोना फैलिइरहेको छ । शनिबारसम्म कोरोना संक्रमितको संख्या पाँच सय ९१ पुगेको छ ।
आइतबार कोरोना रोकथाम र नियन्त्रणका लागि लकडाउन घोषणा भएको दुई महिना पुगेको छ । दुई महिनाको अवधि पुग्दा संक्रमितको ग्राफ बढिरहेको छ । १ जेठयता मात्र तीन सय ४१ जनामा संक्रमण देखिएको छ ।
त्यसअघि संक्रमितको संख्या दुई सय ४३ मात्र थियो । नयाँ संक्रमण बढ्नुको कराण आन्तरिक संक्रमणभन्दा भारतबाट आएकाहरू हुन् । लकडाउन प्रभावकारी भए पनि सीमा व्यवस्थापन असफल हुँदा नेपालमा पनि कोरोना महामारी हुने जोखिम देखिएको छ ।
भारतबाट २० हजार भित्रिए
चैतको सुरुवातदेखि छिमेकी देश भारतमा संक्रमित बढेसँगै सीमानाका र अन्तर्राष्ट्रिय उडानका लागि सरकारलाई दबाब परेको थियो । तर, सरकार केही दिन पर्ख र हेरको रणनीतिमा बस्यो । ९ चैतमा बल्ल सीमा र अन्तर्राष्ट्रिय उडान बन्द गर्ने निर्णय गरियो । त्यसको दुई दिनपछि लकडाउन कार्यान्वयन गरियो ।
समयमै लकडाउन गर्दा देशभित्र संक्रमण फैलन त पाएन, तर खुला सिमानाको व्यवस्थापनमा असफल हुँदा अहिले कोरोनाको संक्रमण तीव्र गतिमा फैलँदै गएको छ । नेपालमा अहिले संक्रमितमध्ये ९० प्रतिशत भारतबाट सडकमार्ग हुँदै आएका छन् । कतिपय लकडाउनअघि नै आएका थिए भने धेरैजसो संक्रमित लकडाउनपछि भित्रिएका छन् ।
सीमा बन्द भएयता भारतबाट करिब २० हजार भित्रिएको गृह मन्त्रालयको आन्तरिक रिपोर्ट छ । धेरैलाई लामो समय दशगजा क्षेत्रमा क्वारेन्टाइनमा राखेर भित्र्याइएको छ । उनीहरूको परीक्षणसमेत नगरी घर जान दिइएको छ ।
लुकिछिपी आएका ४० भन्दा धेरैमा संक्रमण देखिएको छ । जसले ठूलो जोखिम देखाउँछ । लुकिछिपी आउने क्रममा पक्राउ परेकाहरूलाई क्वारेन्टाइनमा राखेर परीक्षण गर्दा उनीहरूमा संक्रमण देखिएको छ । यसरी लुकिछिपी छिरेको ठूलो संख्या राज्यसंयन्त्रको सम्पर्कमा छैन ।
उनीहरूबाट संक्रमण फैलने जोखिम छ । भारतबाट आएकाहरूलाई स्थानीय तहले क्वारेन्टाइनमा राख्ने व्यवस्था गरे मात्र नेपालमा कोरोना नियन्त्रण हुनसक्ने जनस्वास्थ्यविज्ञहरू बताउँछन् ।
तर, दुई महिनाको अवधिमा पनि क्वारेन्टाइन बनाउनेलगायत तयारी पूरा गर्न नसक्दा भारतबाट पछिल्लो हप्ता छिरेकाहरूबाट खासगरी प्रदेश सुदूरपश्चिम र कर्णाली प्रदेशमा जोखिम देखिएको छ । नयाँपत्रिका दैनिकबाट
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस