सोल-दक्षिण कोरियाले कोरोना संक्रमण नियन्त्रण तथा व्यवस्थापनका लागि जारी गरेको निर्देशिका पालना नगर्ने थप ५ जना विदेशी नागरिकलाई सरकारले देश निकाला गरेको छ ।
स्थानीय न्याय मन्त्रालयका अनुसार उनीहरुलाई आइसोलेशन सम्बन्धी नियम नमानेको आरोपमा देश निकाला गरिएको हो ।
मन्त्रालयका अधिकारीका अनुसार सेल्फ आइसोलेशन नियम नमान्ने ३ जना चिनियाँ नागरिक, पाकिस्तान, पोल्याण्ड तथा बेलायतका एक एक जनालाई देश निकाला गरिएको हो ।
गत अप्रिल १ तारिखबाट अनिवार्य बनाइएको आइसोलेशन सम्बन्धी नियम लागु भए पश्चात कोरिया प्रवेश गरेका ति मध्ये ३ जनालाई आर्थिक जरिवाना सहित देश निकाला गरिएको हो । जरिवाना तिर्नेहरु बारे मन्त्रालयले केही बोलेको छैन ।
संक्रमण सुरु भए पश्चात दक्षिण कोरियाले देश प्रवेश गर्ने स्वदेशी तथा विदेशी नागरिकहरुलाई अनिवार्य १४ दिने क्वारेन्टाइनको नियम बनाएको छ ।
सरकारी अधिकारीका अनुसार हालसम्म सरकारी नियम उल्लङ्घन गर्ने २४ जना विदेशी नागरिकहरुलाई देश निकाला गरिसकिएको छ ।
मन्त्रालयका अनुसार ९ जना अन्य विदेशी नागरिकहरुले पनि नियम उल्लङ्घन गरेको तर नियतबस सो काम गरेको नपाइएका कारण जरिवाना गरिएको तर देश निकाला भने नगरिएको पनि मन्त्रालयले जनाएको छ ।
गत अप्रिल २७ मा कोरिया प्रवेश गरेका पाकिस्तानी नागरिकमा कोरोना संक्रमण पाइएको थियो । उनले आफू कोरिया प्रवेश गरेको १ दिन पश्चात आफ्नो सेल्फ आइसोलेशन कक्षमा साथीहरुलाई समेत बोलाएको मन्त्रालयले जनाएको छ ।
त्यसै गरि चिनियाँ नागरिकहरु क्वारेन्टाइन स्थलबाट पटक पटक भाग्ने प्रयास गरेको, तथा बेलायती नागरिकलाई क्वारेन्टाइन अवधिमा नै गल्फ मैदान छिरेको आरोप लगाइएको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस