एजेन्सी । दक्षिण कोरियामा अमेरिकी फोर्सका कमान्डरले बुधबार वासिङटन र प्योङयोङबीच निशस्त्रीकरणबारे जारी वार्ता सफल नभए, अवस्था तनावग्रस्त हुन पुगेमा अमेरिकासँग कोरियाली प्रायद्विपमा नजर राख्न पर्याप्त खुफिया साधन नभएको हुँदा अमेरिकाले उत्तर कोरियाले गर्न सक्ने हमला नदेख्नबारे चेतावनी दिएका छन् ।
निशस्त्रिकरण सम्बन्धी उत्तर कोरियाका गतिविधि अप्रत्यासित देखिएकाले पनि अमेरिकाले कुनैपनि सम्भावित आक्रामकता विरुद्ध आफ्नो सेना तयार राख्न जरुरी रहेको उनको भनाइ छ ।
पछिल्लो समय प्योङयोङले बारम्बार निशस्त्रीकरणको प्रतिबद्धता जनाइरहँदा डिएमजी क्षेत्रमा उत्तर र दक्षिण कोरियाबीचको तनाव कम भइरहेपनि हालसम्म उनीहरुको आणविक क्षमतामा कुनै प्रमाणित परिवर्तन देखा नपरेको हुनाले पनि जुनसुकै किसिमका जोखिमपूर्ण परिस्थितिसँग लड्न तयार रहनुपर्ने उनले बताए । त्यसैले उत्तर कोरियाले पूर्ण रुपमा आफ्नो परमाणु हतियार त्याग नगरेसम्म दक्षिण कोरिया, जापान, अमेरिका लगायत सबै क्षेत्रीय मित्रराष्ट्रहरु खतरामै रहेको उनले बताएका हुन् ।
त्यसैगरी गत हप्ता अमेरिकाका संयुक्त सेनाध्यक्ष जर्नेल जोसेफ डनफोर्डले पनि उत्तर कोरियाका मिसाइल अझै खतराको संकेत भएको उल्लेख गरेका हुन् । वासिङटनमा एट्लान्टिक काउन्सिलको एक समारोहमा बोल्दै उनले अमेरिकी सेना आफ्नो देश र सबै क्षेत्रीय मित्रराष्ट्रहरुको रक्षा गर्न पुर्ण रुपमा तयार रहनुपर्ने बताएका हुन् ।
अमेरिकी खुफिया विभागले पनि उत्तर कोरियाले अझै आफ्नो परमाणु क्षमता कायम राखिरहेको हुँदा मिसाइल कार्यक्रम बन्द गर्न असम्भव रहेको बताउने गरेको छ भने हतियार परीक्षणमा केही समय रोक लगाएपनि प्योङयोङ सजिलै पहिलेको अवस्थामा फर्किन सक्ने बताएको सीएनएनले जनाएको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस