लन्डन– भारतको सन् २०२० को अन्तिम चौमासिकमा देशव्यापी लकडाउन हटाइए कूल गार्हस्थ्य उत्पादन (जिडिपी) करिब २० प्रतिशतले बढ्ने अनुमान गरिएको छ । लकडाउनका कारण दोस्रो चौमासिकमा समग्र अर्थतन्त्रमा नकारात्मक असर परिरहेको अवस्थामा गोल्डम्यान स्याक्सले नयाँ पूर्वानुमान सार्वजनिक गरेको हो ।
विश्वका सबैजसो मुलुकमा कोरोनाभाइरस प्रसार रोक्ने उद्देश्यले जारी लकडाउनका कारण अर्थतन्त्रमा नकारात्मक असर परेको छ, तर पछिल्ला दिनहरुमा कोरोनाभाइरसको प्रसारमा केही कमी आएकाले लकडाउनलाई सहज तुल्याउन विभिन्न कदम चाल्न थालिएको छ ।
गोल्डम्यान स्याक्सको अनुमानमा भनिएको छ, “लकडाउन अस्थायी हुनु पर्दछ । गरिब मुलुकका लागि यसले अझ बढी समस्या सिर्जना गर्नेछ । खासगरी यसबाट आर्थिक क्षति बढी नै हुनेछ ।”
अब्सा बैंकका अनुसार दक्षिण अफ्रिकाको अर्थतन्त्र दोस्रो चौमासिक अवधिमा करिब २४ प्रतिशतले कमी आउने छ । उप–सहारा अफ्रिकी क्षेत्रमा विदेशी सहायतामा हुने कटौतीबाट करिब ४ करोड २० लाख मानिस विषम गरिबीमा फस्नेछन् । उनीहरुले प्रतिदिन १.९० डलरभन्दा कम आम्दानीमा बाँच्नु पर्नेछ ।
विश्व स्वास्थ्य संगठनले कोरोनाभाइरस महामारीका कारण खोप कार्यक्रममा पनि असर पर्ने चेतावनी दिएको छ । अफ्रिकामा यो कार्यक्रम रोकिए त्यसबाट बालमृत्यु नाटकीय रुपमा बढ्ने छ ।
तीन महिनासम्मको लकडाउन सँगै टिबी उपचार सेवा १० महिना रोकिए सन् २०२० देखि २०२५ को अवधिमा १४ लाखको मृत्यु हुन सक्ने स्वास्थ्य संगठनको भनाई छ ।
कोरोना महामारीकै कारण संयुक्तराज्य अमेरिकामा बेरोजगारी दर ३.५ प्रतिशतबाट अप्रिलमा १४.७ प्रतिशत पुगेको छ भने बेलायतमा हरेक एक तिहाई नयाँ स्नातक उत्तीर्ण युवा बेरोजगार हुँदैछन् ।
गोल्डम्यानका अनुसार अमेरिकामा पर्यटन सेवा, कच्चा सामग्री, कार निर्माण र अरु सेवा क्षेत्रमा लगानीको सम्भावना निकै घटेको छ । श्रम बजारमा देखिएको समस्या सुल्झाउन वर्षौं लाग्नेछ ।
अर्थतन्त्रमा निकै गम्भीर र नकारात्मक असर देखिए पनि लकडाउन खोल्दा त्यसबाट उत्पन्न हुने दोस्रो चरणको भाइरस प्रसार रोक्नु अर्को चुनौती हुनेछ । इरानमा भाइरस प्रसारको दरमा कमी आएपछि सरकारले लकडाउनमा सहज तुल्याए पनि फेरि संक्रमण दर उच्च देखिएको थियो ।
यही अवस्था विकसित अन्य मुलुकमा पनि देखिएको छ । अस्ट्रेलिया, न्यूजील्याण्ड, सिंगापुर, कोरिया र चीनमा संक्रमणमा कमी आए पनि पूर्ण रुपमा व्यवसाय खोल्न र अन्तर्राष्ट्रिय सीमाहरु खुकुलो बनाउन हिच्किचाइरहेका छन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस