एजेन्सी – अमेरिकामा कोरोना भाइरसका कारण एकैदिन १४ सय भनदा धेरैकाे मृत्यु भएको छ । पछिल्लो समय अमेरिकामा कोरोनाका कारण मृत्यु हुनेको संख्यामा विस्तारै कमी आएको छ । योसँगै अमेरिकामा मृत्यु हुनेको संख्या ९६ हजार ४ पुगेको छ ।
त्यस्तै विहीबार २८ हजारभन्दा बढी संक्रमित फेला परेका छन् । हालसम्म अमेरिकामा संक्रमितको संख्या १६ लाख २० हजारभन्दा बढी पुगेको छ ।
३ लाख ८२ हजारभन्दा बढी संक्रमित उपचारपछि घर फर्किएका छन् । १६ हजारभन्दा बढीको अवस्था गम्भीर रहेको छ ।
अमेरिकी राष्ट्रपति ट्रम्पले जस्तै बोल्सोनारोले भाइरसको उपचारमा औलोको औषधीको प्रयोगलाई बढावा दिएका छन् । तर अध्ययनहरुले औलोको यो औषधि कोरोनाभाइरसको उपचारमा खासै फाइदाजनक नरहेको र शरीरलाई निकै हानी गर्ने बताएका छन् ।
आगामी नोभेम्बरमा पुनः निर्वाचनको सम्मुखमा रहेका राष्ट्रपति ट्रम्पले अमेरिकी अर्थव्यवस्थालाई पुनर्जीवित तुल्याउने अडान पुनः राखेका छन् । उनले अमेरिका पुरानै लयमा फर्कने बताउँदै आगामी जुनमा आयोजना हुने सात प्रमुख औद्योगिक राष्ट्र -जि७- को शिखर सम्मेलनमा नेताहरुको उपस्थिति हुनेमा आफू आशावादी रहेको बताए ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस