धनगढी – भारतलगायत ठाउँबाट नेपाली धमाधम फर्किन थालेपछि उनीहरुलाई क्वारेन्टाइनमा राख्ने, खाना र स्वास्थ्य जाँचलगायतको व्यवस्थापन गर्ने चुनौती देखिन थालेको छ ।
सुदूरपश्चिम प्रदेशको गड्डाचौकी र गौरीफन्टा सीमानाका हुँदै भारतबाट नेपाली भित्रिनेक्रम पछिल्ला दिनमा बढेको छ । यसबाहेक नेपालका कपिलवस्तु, सप्तरी, सिराहालगायतका जिल्लाबाट कैलाली फर्किने पनि बढ्न थालेका छन् ।
गएको तीन दिनमा भारतबाट गौरीफन्टा नाका हुँदै भित्रिएकालाई क्वारेन्टाइनका रुपमा प्रयोग गरिएका विद्यालयमा राखिएको कैलालीको चुरे गाउँपालिकाका अध्यक्ष धनबहादुर रोक्कामगरले बताए ।
स्वास्थ्य सामग्रीको अभावमा उनीहरुकाे स्वास्थ्यको नमूना जाँच कहिले गर्ने कसरी गर्ने भन्ने चुनौती स्थानीय तहलाई देखिएको उनले बताए । कोरोनाको सङ्कटसँगै कैलालीका स्थानीय तहले कतिपय विद्यालयलाई क्वारेन्टाइनका रुपमा प्रयोग गरिरहेका छन् ।
जिल्लाको बर्दगोरिया गाउँपालिकामा मात्रै केही दिनयता नेपालका कपिलवस्तु, सप्तरी, दाङका साथै भारतबाटसमेत गरी झण्डै ६० जना फर्किएका छन् ।
धनगढी उपमहानगरपालिका क्षेत्रमा क्वारेन्टाइनका रुपमा प्रयोग भएका विद्यालयका साथै कैलाली बहुमुखी क्याम्पसमा फर्किनेलाई राख्न थालिएको छ । उद्धार कार्यमा नगरप्रमुख नृपबहादुर ओड आफैँ खटिएका छन् ।
“बुधबार राति अबेरसम्म नाकामै बसेर सीमामा अलपत्र परेका नेपालीको उद्धार गर्याैँ”, उनले भने । गाउँपालिका स्तरमा कोरोनाको शङ्कास्पद व्यक्तिको आरडिटी किटमार्फत स्वास्थ्यको नमूना जाँच हुने गरेकामा अधिकांश गाउँपालिकामा यो किटको अभाव देखिएको बताइएको छ ।
प्रदेशका सामाजिक विकासमन्त्री कृष्णराज सुवेदीले आरडिटी जाँचका लागि देखिएको किटको अभावको पूर्ति गर्न पहल गरिएको बताए ।
“किट उपलब्ध गराइदिन सङ्घीय सरकारलाई आग्रह गरेका छौँ”, उनले भने, “सङ्घीय सरकारले किट प्राप्त गरेपछि भागमा पर्ने किट हामी पाउँछौँ ।”
सरकारले गरेको लकडाउनको पूर्ण परिपालना गर्नुपर्छ भन्नेमा आफू प्रतिबद्ध रहेको मन्त्री सुवेदीले बताए । कामको खोजीमा बाहिरिएका सङ्क्रमित क्षेत्रबाट फर्किन थालेपछि सङ्क्रमण फैलिने हो कि भन्ने त्रास स्थानीयमा देखिन थालेको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस