काठमाडौँ-तपाई प्राय मानिसको भान्सामा जानुस्, यौटा तरकारीको प्रजाति सबै तिर पाईन्छ – त्यो हो आलु । आलु एक सर्वसुलभ र सस्तो सब्जी तथा खाजा हो । नेपाली भान्सामा सबैभन्दा बढी प्रयोग हुने तरकारी पनि हो आलु । आलुलाई जुनसुकै तरकारीसँग पनि मिसाएर खान सकिन्छ । साथै, यसलाई धेरै किसिमका परिकार बनाएर खान मिल्छ । आलुलाई स्वास्थ्य र पोषणका दृष्टिकोणले समेत उपयोगी मानिन्छ।
जसरि आलुलाई विभिन्न परिकार बनाएर प्रयोग गर्न सकिन्छ, त्यो भन्दा बढी मात्रामा यसमा फाइदाकारक तत्वहरु छन् । मेडिकल न्यूज टुडेका अनुसार बहुगुणी आलुका फाइदाहरु निम्न अनुसार छन् :
१-आलु पोषणको भण्डार हो । यसमा प्रशस्त मात्रामा भिटामिन र मिनरल्स पाइन्छ ।
२-आलु भिटामिन, खनिज र एन्टिअक्सिडेन्टको राम्रो स्रोत हो । आलुमा पाइने एन्टिअक्सिडेन्टका कारण मधुमेह, हृदय रोग, क्यान्सर र पुराना रोग बल्झिने समस्या कम हुन्छ ।
३-रक्तचाप, प्रतिरक्षा प्रणाली, पाचन प्रणाली लागि पनि आलु उपयोगी मानिन्छ ।
४-आलुमा प्रशस्त स्टार्चको मात्रा हुन्छ । जसले रगतमा इन्सुलिनको मात्रालाई नियन्त्रण गरी ब्लड सुगरको जोखिम घटाउँछ ।
५-नियमित आलुको सेवन गर्ने मानिसमा कब्जियत, पेट दुख्ने, ग्यास भरिने आदि समस्याको जोखिम कम हुन्छ ।
६-एक अध्ययन अनुसार आलु खाएर शरीरमा हर्मोनको स्तर बढाउन सकिन्छ ।
७- मानिसको शरिर सुगठन गर्नमा पनि आलुको ठूलो हात रहने अध्ययनले देखाएको छ । आलुमा हाम्रो शरिरलाई सुगठीत बनाउन आवश्यक तत्वहरु प्रचुर मात्रामा पाईने भएकाले शरिर बलियो बनाउन पनि आलुको ठूलो हात रहन्छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस