काठमाडौँ-कोरोना संक्रमणबाट विश्वमा नै धेरै प्रभावित बनेको युरोपेली मुलुक इटालीले चाँडै नै आफ्नो देशका सिमाहरु युरोपेली युनियनका पर्यटकहरुका लागि खुल्ला गर्ने जनाएको छ ।
जुन महिनाको सुरुवातबाट खुला गर्ने गरि तयारी भइरहेको सरकारी अधिकारीहरुले जानकारी दिएका छन् ।
युरोपेली युनियनका सदस्य राष्ट्रका नागरिकहरुलाई अनिवार्य १४ दिने क्वारेन्टाइन सहित देश प्रवेश गर्न दिने सरकारले जनाएको छ । संक्रमण दरमा कमी आए सँगै सरकारले आर्थिक गतिविधि सञ्चालनमा ल्याउने तयारी स्वरुप सो निर्णय गरिएको हो ।
प्रधानमन्त्री गियुस्पे कोन्टेका अनुसार सरकारले चाँडै नै जीम हल, सिनेमा हल आदि क्षेत्रहरु समेत सञ्चालनमा ल्याउने तयारी गरेको जानकारी दिएका छन् ।
सरकार कोरोना संक्रमण पुनः फैलन सक्ने बारेमा सचेत रहेको जानकारी दिदै उनले यहि त्रासमा आर्थिक गतिविधि सञ्चालनमा नल्याए कहिल्यै पनि सञ्चालनमा ल्याउन नसकिने उनले बताए ।
निश्चित सावधानी अपनाएर गतिविधि सुरु गर्नु हालको आवश्यकता रहेको पनि उनले बताएका छन् ।
इटालीले आधिकारीक रुपमा नाकाहरु बन्द नगरिएको तर सेञ्जेन राष्ट्रहरुले निति नियम बनाई अन्य देशमा प्रवेश नगर्न नागरिकहरुलाई अनुरोध गरेको थियो ।
करिव ३२ हजार भन्दा बढी ज्यान गएको इटालीमा अब साबधानी अपनाएर गतिविधि शुरु गर्न लागिएको तथा युरोपेली युनियनका सदस्य राष्ट्रहरुले पनि सोही अनुरुप अगाडी बढ्ने रणनिति लिएको उनले जानकारी दिएका छन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस