काठमाडौँ -संयुक्त राष्ट्र संघको विश्व खाद्य कार्यक्रमका अनुसार कोरोना संक्रमण सुरु भए पश्चात उत्तर कोरिया सहित विश्वका ४७ देशमा खाद्य संकट उत्पन्न भएको छ ।
ती देशका करिव १८३ मिलियन अर्थात करिव १८ करोड ३० लाख बढी मानिसहरुमा खाद्यान्न संकट पाइएको विश्व खाद्य कार्यक्रमले जनाएको छ ।
खाद्य तथा कृषि कार्यक्रम अनुसार कोरोना संक्रमणका कारण आइपरेको खाद्य संकट समाधानका लागि करिव ३५० मिलियन अमेरिकी डलर बराबरको रकम विनियोजन गर्नुपर्ने छ । यदि समयमा नै उक्त बजेट सम्बन्धित क्षेत्रमा प्रभावकारि रुपमा प्रयोग नगरिएमा अवस्था विकराल हुने पनि विज्ञहरुले जनाएका छन् ।
उत्तर कोरियामा पनि चरम खाद्य संकट भएको राष्ट्र संघिय तथ्याङ्कले देखाएको छ । कति मानिसमा संकट छ भन्ने बारे नखुलाइए पनि संकट रहेको राष्ट्रसंघीय खाद्य कार्यक्रमले जनाएको छ ।
विज्ञहरुका अनुसार करिव २ करोड ५० लाख जनसंख्या भएको उत्तर कोरियामा १ करोड मानिसमा तत्काल खाद्य सामाग्री आवश्यक छ ।
उत्तर कोरियामा रसायनिक मल लगायतका कृषि प्रविधिको प्रयोग खासै नगरिएका कारण पनि त्यहाँ खाद्य संकट सृजना भएको समाचारमा जनाइएको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस