सोल- ‘२ वर्षको भिषा भैहाल्छ । त्यसपछि त्यहााको नागरिकताको लागि आवेदन दिन पाइन्छ । तपाइ त्यहिाको नागरिक भएपछि जे गरेपनि हुन्छ । यदि तपाइलाई ऊ (विवाह गर्न लागेको पुरुष) साग बस्न मन नलागे कोरिया पुग्ने वित्तिकै भागेपनि हुन्छ ।’
म्यारिज ब्युरोका दलालबाट बारम्बार यस्ता कुरा सुनेपछि उनको मन लोभियो । र होकी जस्तो पनि लाग्यो । अनि देख्न थालिन ठूलठूला सपना, आशा र आकांक्षा । र ती कोरियन पुरुषसंग विवाह गर्न तत्पर भइन् । विहे पनि गरिन् । लगत्तै कोरिया आइन् ।
एक दुइदिन उनी सफा र सुन्दर ठााउ, अग्लाअग्ला महल, चिल्ला सडक, चिटिक्क परेका सफा पहिरनका मान्छेहरुको आसपास बसिन् । त्यो देख्दा उनी छक्क परिन् । र आफूलाई संसारकै एक भाग्यमानी महिला ठानिन् र त्यो दलाललाई मनमनै धन्यबाद दिइन् ।
‘पछि थाहा भयो । त्यो त धेरै टाढाको शहर रहेछ । म त कति टाढा गाउाको एकान्तमा आइपुगेछु । न शहरको रमझम, न चिल्ला सडक गाडी, न मान्छेको भिड, न त आाफूले बोलेको बुझ्ने संगी ।’
उनि एकोहोरो भन्दै गइन् । ‘मत एकोहोरो बौलाही जस्तै लाटि भएकी थिए । न भाषा बुझ्न सक्छु । न त यहााको खानाको परिकार बनाउन सक्छु । न खाना जान्दछु न त यहााको सस्कार । तैपनि, दिनहरु बित्दै वित्दै गए । पाल्तु जनावर जस्तै भएकी मेरो एक छोरा भयो ।’
‘सुरुका दिनमा भाषा र रहनसहन चाल नपाउादा सम्बन्ध ठिकैठिकै भएपनि जब अलिअलि भाषा र चालचलन बुझ्दै जान थालें तब पारिवारीक सम्बन्धमा उतारचढाब आउन थाल्यो ।’
भाषा, रहन सहन, संस्कृति नमिलेपछि श्रीमान साग हुने साना तिना झगडामा उनि आफुलाई दवाउदै सहेर वस्ने गरेको सुनाइन् । र कतिपटक मर्नेप्रयास समेत गरेको बताइन् ।
‘श्रीमानको हेपाई, तिरस्कार कुटपिटले मैले आफ्नो जिन्दगी नरकिय भएको ठााने ।’ बास्तविकतामा मैले सोचेको कोरिया र भोगेको कोरियामा धेरै फरक रहेछ । अनि त जिन्दगी देखि नै घृणा लागेर आउन थाल्यो । ’
केही वर्षपछि श्रीमानलाई छाडेर उनी छुट्टै बस्न थालिन । र एक मझौला कम्पनीमा काम गर्न थालिन् । आफुले काम गर्ने कम्पनीको एक कोरियन नागरिकसागको आउजाउ बढन् थाल्यो। अन्ततस् उनीहरुको सम्बन्ध प्रेमीप्रेमीकामा परिणत भयो ।
उनी सम्झन्छिन् । ‘ऊ विवाहित रहेछ । आफ्नो स्वार्थपुरागरेपछि मलाई छोडिदियो । मैले त्यो बुढो श्रीमान्लाई छोडिदिए । उसले मलाई छोडिदियो ।’
उनीहरुको सम्बन्धमा बीचबीचमा मनमुटाब भइरहन्थ्यो । झगडाको रिसमा त्यो पुरुषले अध्यागमनमा उजुरी दिइ पक्राउ गर्न लगायो । केही वर्ष अगाडि कोरिया आएर केही महिना अगाडिदेखि अवैधानिक भएकी उनी अन्तत : अवैधानिकको हैसियतमा केहि दिन अवैधानिक आप्रवाशी बन्दीगृहमा बसि गत जुलाईमा नेपाल फर्किइन् ।
‘कुनैपनि लोभ, लालच र प्रलोभनमा परी विदेशी पुरुषसंग कोही नेपाली महिलाहरुले अन्जानमै विवाह नगर्नुहोला । यदि गर्नुनै छ भने–विवाह गर्ने पुरुषको इनकम, काम, घरबार, बानीव्यहोरा र उक्त देशको भाषा, रहनसहन, संस्कार, कानुन बुझ्नुहोला ।’ जादााजादै उनले भनिन् ।
पहिलाको श्रीमानले उनलाई घरबाट निकालिदिएको र आफूखुशी डिभोर्स पेपर पनि बनाएर दिएको दिएको रहेछ । भिषा भइन्जेल त केहि समस्या भएन । त्यसपछि कता के गर्ने उनलाई केहि जानकारी नभएकाले उनि अवैधानिक बन्न पुगिन ।
सामाजिक सञ्जालमा देखिने खिचिएका तस्विर, अनि आर्कषक कमाइको कुराले मध्ययमवर्गिय नेपालीलाई कोरिया मोहले लोभ्याउछ । त्यहि लोभ्याइमा परेर म्यारिज ब्युरो मार्फत लाखौं रुपैयाा तिरेर अन्जान विदेशी पुरुषसाग अधिकासं नेपाली महिलाहरु फस्छन् ।
तर विवाह गरी आएका महिलाहरु सबैले भने उनले जस्तै दुख पाएका छैनन् । कतिपयको राम्रो भएको पनि पाइएको छ ।
त्यसरीनै फसेर नांगै फुत्किएकी छन् ती महिला । जो विना भाषा, रहन–सहन, सस्कृति कुनै कुरामा मेल नखाने त्यहीमाथि उमेर ढल्केको कोरियन वृद्ध पुरुषसाग विवाह गरी आएकी थिइन् ।
गत डिसेम्वरमा उनको भिषा समाप्त भएको रहेछ । भिषा नभएपछि उनलाई कोरिया बस्न कानुनले दिएन अनि आफ्नो बच्चा छाडेर नेपाल फर्किनुपर्यो ।
‘कोरियामा बच्चा भएको विदेशी महिलाले यहााको नागरिकता नपाएपनि भिषा पाउछन् । महिनाको १,२ पटक बच्चा हेर्न पाउने महिलाको अधिकार हुन्छ ।’ केहि वर्षदेखि भाषा अनुवादका रुपमा काम गर्दै आएका मुक्त गुरुङले भने ।
उनि अवैधानिक भएकै कारण २ वर्षसम्म कोरिया आउन नपाउने तर बच्चाको कारणले २ वर्ष पछि भने आउन पाउने गरि सोहि अनुसारको ब्यवस्था मिलाइ कागजपत्र बनाएर पठाएको गुरुङले बताए ।
हाल नेपाल सरकारले वैवाहिक भिषा मार्फत कोरिया जाने नेपालीहरुको लागि कडाइ गरेपनि नेपाली चेलीहरु कोरिया आउने क्रम भने रोकिएको छैन । ति नेपाली चेलीहरु भारतको बाटो हुदै बैवाहिक भिषामा कोरिया आउने गर्छन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस