सिन्धुपाल्चोक — कोरोना भाइरस (कोभिड–१९) को संक्रमणका कारण जिल्लाकी एक महिलाको बिहीबार राति उपचारको क्रममा मृत्यु भएपछि ती महिलाको प्रारम्भिक उपचार गरिएको अस्पताल तथा गाउँक्षेत्रमा उच्च सर्तकता अपनाइएको छ । जिल्ला सुरक्षा समितिको निर्णयअनुरुप संक्रमण फैलिने त्रासमा बलेफी गाउँपालिका वडा ७, ८ देखि बाह्रबिसे नगरपालिका, बाह्रबिसे प्राथामिक स्वाथ्य केन्द्रलाई सिल गरिएको छ ।
कान्तिपुर दैनिकलले लेखेकाे खबर अनुसार, बाह्रबिसे नगरक्षेत्रकी सुत्केरी महिला कोरोना भाइरस संक्रमणका कारण मृत्यु भएको खबरले सबैजना त्रसित बनेका छन् ।
‘स्थानीय एकदमै आतंकित बनेका छन् । सचेतना अपनाउनको लागि सल्लाह दिइरहेका छौं । गाउँदेखि बजारसम्मै डरले बाहिर निक्लिएका छैनन्,’ बाह्रबिसे नगरपालिका वडा ९ का अध्यक्ष सानु लामाले भने । स्थानीयको सुरक्षाको लागि सुरक्षाकर्मी, स्वास्थ्यकर्मीलाई गुर्हार्दै यसबारे नगरभरका जनप्रतिनिधि छलफलमा जुटिरहेको उनले जनाए ।
२९ वर्षकी महिलाले बैशाख २३ गते काठमाडौंको महराजगञ्जस्थित शिक्षण अस्पतालमा बच्चा जन्माएकी थिइन् । शिक्षण अस्पतालबाट २४ गते डिस्चार्ज भएलगत्तै एम्बुलेन्सबाट बाह्रबिसे फिरेकी उनी बिहीबार बिहानदेखि बिरामी परेकी थिइन् ।
निजी बोलेरोबाट उपचारर्थ बाह्रबिसे बजार आइपुगेकी उनलाई ज्वरो, रुघाखोकी र स्वासप्रस्वासमा समस्या भएर अवस्था जटिल बनेपछि तत्कालै काभ्रेको धुलिखेल अस्पताल रिफर गरिएको बाह्रबिसे नगरस्थित बाह्रबिसे प्राथामिक स्वास्थ्य केन्द्रकी डा. सिर्जना मर्हजनले बताइन् ।
‘उनमा छात्ती दुख्ने र स्वासप्रस्वासमा समस्या, ज्वरोको देखिएको थियो, अवस्था एकदमै गम्भिर देखिएपछि काभ्रेको धुलिखेल अस्पताल रिफर गरेका थियौं,’ मर्हजनले भनिन् ।
बिहीबार साँझ नै बाह्रबिसे नगरस्थित स्वास्थ्य केन्द्रबाट स्वाप्रश्वासमा समस्या भएपछि उपचारको लागि उनलाई धुलिखेल अस्पताल ल्याइएको थियो । स्वाब लिएर परीक्षण गर्दा शनिबार रिपोर्ट पोजिटिभ आएपछि थप यकिन गर्न नमुना राष्ट्रिय जनस्वाथ्य प्रयोगशाला पठाइएको थियो ।
आफन्तकाअनुसार सुत्केरी महिलाले बुधबार मासुभात खाएपछि अचानक स्वासप्रस्वासमा समस्या सुरु भएको थियो । रातमा एक्कासी स्वासप्रस्वासको समस्याले च्यापेपछि बिहीबार बाह्रबिसेस्थित प्राथमिक स्वास्थ्य केन्द्र अस्पताल लगिएको थियो ।
यो घटनापछि स्वास्थ्य परीक्षणको लागि स्थानीयले जनप्रतिनिधि र स्वास्थ्यकर्मीलाई गुहार मागेका छन् । ‘हामी यो घटनाले सबै त्रसित बनेका छौं । तत्कालै त्यस वरपरका सम्भावित क्षेत्रमा सबैको संक्रमण परीक्षण गरियोस्, जनप्रतिनिधि र स्वास्थ्यकर्मी यस्तो बेला कहाँ हुनुहुन्छ ?’ स्थानीय सुमन तिमल्सिनाले दुखेसो गरे ।
मृतकको गाउँ पुगेर स्थगलत रुपमा कोरोना भाइरस संक्रमित हुनसक्ने आशंकामा छुट्टै टिम बनाएर अगाडी बढ्ने वरिष्ठ जनस्वास्थ्य अधिकृत दुर्गादत्त चापागाईंले बताए । ‘शंकास्पद सबै स्थान सिल गरेर उच्च सर्तकता अपनाइएको छ, आइतबार टिमसहित पुगेर स्वास्थ्य परीक्षणको अभियानलाई अगाडी बढाउनेछौं । सुरक्षा सर्तकता अपनाउँदै छौं,’ उनले भने ।
जिल्ला र स्थानीय तहको स्वास्थ्यकर्मीको समुहले कोरोना भाइरस संक्रमण फैलिन नदिन रोकथाम गर्न स्वास्थ्य, स्वाब परीक्षणको लागि पूर्वयोजना बनाइरहेको उनले जानकारी दिए ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस