काठमाडौँ — मापदण्ड नपुगेका अव्यवस्थित क्वारेन्टाइनले कोभिड–१९ को संक्रमण विस्तारमा सघाएको दाबी विज्ञहरूले गरेका छन् । पर्सा, रूपन्देही र कपिलवस्तुमा क्वारेन्टाइनबाट संक्रमण फैलिएको उनीहरूको भनाइ छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार मुलुकभरि १५ हजार ६ सय ८३ जना क्वारेन्टाइनमा छन् । सबैभन्दा बढी प्रदेश ५ मा ८ हजार ३ सय २५ जना क्वारेन्टाइनमा छन् ।
सुदूरपश्चिममा २ हजार ९ सय १६, प्रदेश २ मा २ हजार ५१, कर्णालीमा १ हजार ८२, प्रदेश १ मा ८ सय ८५, गण्डकीमा ३ सय ७ जना र सबैभन्दा कम वाग्मतीमा १ सय १७ जना क्वारेन्टाइनमा छन् ।
इपिडिमियोलजी तथा रोग नियन्त्रण महाशाखाका पूर्वनिर्देशक डा. जीडी ठाकुरले स्कुल, खाली ठाउँमा बनाइएको क्वारेन्टाइनमा कुनै आधारभूत सुविधा नभएको र व्यक्तिगत/सामाजिक दूरी कायम राख्न प्रेरित पनि नगरिएको बताए । ‘केही क्वारेन्टाइनमा त साबुनपानीले हात धुने व्यवस्थासमेत छैन,’ उनले भने, ‘स्थानीय सरकारहरूद्वारा निर्मित अव्यवस्थित क्वारेन्टाइन संक्रमण फैलाउने ठाउँ बनेको छ ।’
कान्तिपुर दैनिकले लेखेकाे खबर अनुसार, स्वास्थ्य मन्त्रालयका एक उच्च पदाधिकारीले पनि क्वारेन्टाइनमा उच्च जोखिम भएकाहरूको पीसीआर परीक्षण गर्दा अत्यधिक पोजिटिभ देखिएको बताए । मन्त्रालयले पछिल्लो समय क्वारेन्टाइनमा बसेका व्यक्तिहरूलाई लक्ष्य गरी पीसीआर परीक्षण बढाएको छ । विज्ञहरूका अनुसार पहिलो पटक चीनबाट विद्यार्थी ल्याउँदा सरकारले बनाएको क्वारेन्टाइन विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार थियो ।
नेपाल चिकित्सक संघका अध्यक्ष डा. लोचन कार्कीले अधिकांश क्वारेन्टाइनमा एकबाट अर्को व्यक्तिमा संक्रमण नहुने उपायसहित नराखिएको बताए । ‘चिकित्सकहरूबाट पाएको प्रतिक्रियाअनुसार अधिकांश क्वारेन्टाइन विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार छैनन्,’ उनले भने, ‘संक्रमणको स्रोत क्वारेन्टाइन बनेको छ ।’
एउटा क्वारेन्टाइनमा सय, दुई सय व्यक्ति राखे पनि शौचालय एक/दुईवटा मात्र रहेको डा. कार्कीले बताए । ‘सबैलाई त्यही शौचालय उपयोग गर्नुपर्ने बाध्यताका कारण एक जना संक्रमितले थुप्रैमा संक्रमण सार्छ,’ उनले भने ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस