काठमाडौँ-सबै सरकारी कार्यलयको कारोबार अबको २ वर्षभित्र नगदरहित बनाईने भएको छ ।
सबै भुक्तानी विद्युतीय माध्यमबाट गरिनेगरी २ वर्षभित्र नगदरहित बनाईने भएको राष्ट्रपति विद्यादेवी भण्डारीले जानकारी दिइन ।
डिजिटल नेपाल फ्रेमवर्क २०७६ लाई कार्यन्वयनमा ल्याउने पनि सरकारले जनाएको छ । उत्पादकत्व र उत्पादन अभवृद्धि गरी सामाजिक र आर्थिक रुपान्तरणका लागि पनि डिजिटल नेपाल फ्रेमवर्क २०७६ लाई कार्यन्वयन गर्दै थप विस्तार गर्नुको विकल्प नभएको उनले बताइन ।
यस्तै ईन्टरनेट सेवालाई थप विस्तार र व्यवस्थित गरिने भएको छ । ४ सय ३१ पालिका, ३ हजार ६ सय ३१ वटा वडा, २ हजार ५ सय ४६ स्वास्थ्य केन्द्र र २ हजार ९ सय ४८ सकारी माध्यामिक विद्यालयमा अहिले बोर्ड ब्याण्डको ईन्टरनेट पुर्याईएको राष्ट्रपति भण्डारीले बताइन ।
सेवा प्रदायकसँग साझेदारी गरी यसलाई थप विस्तार गर्ने सरकारले लक्ष लिएको छ ।
यस्तै सरकारी कार्यलयहरुले प्रयोगमा ल्याएका मोबाईल एप्सलाई एकीकृत गरी सहज र प्रविधिमैत्री बनाईने सरकारले जनाएको छ ।
उच्च हिमाली भेगमा ब्रोडब्याडसहितको ईन्टरनेट उपलब्ध गराउने पनि सरकारको लक्ष छ । अबको २ वर्षभित्र नेपालको आफ्नै स्याटलाईट स्थापना गरी सेवा प्रदान गरिने पनि सकारले जनाएको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस