सोल-उत्तर कोरियाली शासक किम जोङ उनले त्यहाँका जासुस संगठनका प्रमुख तथा किम परिवारका सुरक्षा प्रमुख परिवर्तन गरेको छ । उनी सर्वोच्च नेता किमका सर्वोच्च गार्ड कमाण्डर समेत रहेको बताईन्छ ।
दक्षिण कोरियाली एकता मन्त्रालयका अनुसार गत डिसेम्वरमा निवर्तमान कमाण्डर लेफ्टिनेन्ट जेनरल जाङ रिम क्वाङ इललाई स्थानीय रिकोनिसन्स ब्युरोको प्रमुख पदमा बढुवा गरे सँगै उक्त पदमा रिम क्वाङ इललाई ल्याइएको हो ।
दक्षिण कोरियाका बर्ष व्यक्तित्वहरुको घोषणा कार्यक्रममा मन्त्रालयले सो जानकारी दिएको हो ।
हालै नियुक्त भएका सुरक्षा तथा जासुस प्रमुख उत्तर कोरियाले गरेका मुख्य आक्रामणहरुका योजनाकार समेत रहेको पाइएको छ । समाचारका अनुसार जापान तथा अमेरिकामा गरिएका साइवर हमलाहरुमा पनि उनको अप्रत्यक्ष सम्बन्ध थियो ।
रिमलाई उत्तरको सत्तारुढ वर्कर्स पार्टीको तर्फबाट केन्द्रीय सैन्य आयोगको सदस्यमा समेत मनोनयन गरिएको समाचारमा जनाइएको छ ।
यता किमको व्यक्तिगत सुरक्षा अधिकारीको रुपमा भने क्वाक चाङ सिललाई नियुक्त गरिएको छ । सन् २०१० बाट अंगरक्षक रहेका रिनको बढुवा पश्चात गत अप्रिल महिनाबाट सिललाई सो जिम्मेवारि दिइएको समाचारमा जनाइएको छ ।
समाचारका अनुसार गत बर्ष मात्र उत्तर कोरियाका ८० प्रतिशत बढी पोलिटब्युरो सदस्यहरुलाई परिवर्तन गरिएको थियो । स्टेट अफेयर्स कमिसन किमको सबै भन्दा ठूलो निर्णायक संगठन हो ।
११ सदस्यीय उक्त समितिका ९ जनालाई परिवर्तन गरिएको पनि समाचारमा जनाइएको छ । यति परिवर्तन भइरहदा किमकी बहिनी बारे भने कुनै सूचना सार्वजनिक गरिएको छैन ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस