काठमाडौँ- भारतले पटक–पटक नेपालको सीमा अतिक्रमण गरी दुःख दिएको र नेपालको सावैभौमसत्तामाथि नै प्रश्न खडा हुने गरी गतिविधि गरेको भन्दै सांसदहरुले तत्काल दुई देशबीचको सीमा व्यवस्थापन गर्ने गरी तारबार लगाउन माग गरेका छन् ।
कोरोनाको सङ्क्रमण फैलन नदिन लकडाउन जारी रहेको बेला पछिल्लोपटक नेपालको भूमि अतिक्रमण गरी सडक निर्माण गरेको र नेपालको अस्मितामाथि नै हमला गरेकाले सीमा क्षेत्रमा तत्काल तारबार गर्न उनीहरुले सरकारको ध्यानाकर्षण गराएका छन् । राष्ट्रियसभाको आजको बैठकको शून्य समयमा सीमा अतिक्रमणविरुद्ध सरकारले कूटनीतिक पहल गर्नुपर्ने र आफ्नो भूमि एक इन्च पनि नछाड्ने गरी प्रक्रिया अगाडि बढाउन सांसदले माग गरे ।
केही सांसदले त सीमा क्षेत्रमा तारबार लगाउने निर्णय भएको खण्डमा आफूले पाउने पारिश्रमिक समेत उपलब्ध गराउने प्रतिबद्धता जनाए । भारतले पछिल्लोपटक यही वैशाख २६ गते नेपाली भूमि अतिक्रमण गरी निर्माण भएको धार्चुला हुँदै मानसरोवर जाने सडक उद्घाटन गरेको हो । भारतको उक्त कमदका विरुद्ध नेपाल सरकारले भारत सरकारलाई यहाँस्थित राजदूतमार्फत कूटनीतिक नोटसमेत उपलब्ध गराइसकेको छ ।
भारतले मित्रवतको व्यवहार नगरेको, नेपाली भूमिमाथि नजर लगाएको, अनाधिकृतरूपमा सडक निर्माण गरी दुःख दिएकाले सरकारले कूटनीतिक राजनीतिक दुवै प्रयासका अलावा अन्य पहल गर्नसमेत आग्रह गरे । सांसद अनिता देवकोटाले सीमा क्षेत्रमा भारतले निर्माण गरिरहेकोे सडकको बारेमा सरकारलाई जानकारी नै थिएन भनेर सरकारी पक्षबाट आएको धारणा गलत रहेको भन्दै तत्काल प्रष्ट्याउन माग गरेकी छिन् ।
सांसद इन्दु कडरियाले नेपालीको घर आँगनमा नै भारतीयले आएर दुःख दिएको र सीमा अतिक्रमण गरेर दुःख दिएकाले पूर्वदेखि पश्चिमसम्म सीमा निर्धारण गरी काँडेतार लगाउन माग गरेकी छिन् । उनले सीमा व्यवस्थित गर्ने पहल सरकारले गरेको खण्डमा आफूले पाउने एक वर्षको सेवा सुविधा उपलब्ध गराउने प्रतिबद्धता जनाईन् । सांसद उदयाशर्मा पौडेलले नेपालको भूमिमाथि भारतले पटक–पटक अतिक्रमण गरेर दुःख दिएकाले कहिल्यै समस्या नबल्झने गरी निरुपण गर्नुपर्ने धारणा राखेकी छिन् ।
सांसद कविता बोगटीले हात्तीको दुई वटा दाँत हुन्छ भनेजस्तै गरेर भारतले मिचाहा प्रवृत्ति देखाएको र हामीले सधैँ सहेर बस्नुपर्ने अवस्थाको अन्त्य गर्न माग गरिन्। उनले भनिन्, “हामीले नगरे कसले गर्ने, अहिले नगरे कहिले गर्ने भन्ने मान्यताका साथ काम गर्नुपर्छ ।”
सांसद गङ्गाकुमारी बेलवासेले कालापानी नदी हाम्रो सीमा नदी भए पनि भारतले नक्कली कालीनदी र पोखरी बनाएर नेपाली सीमा मिचेको भन्दै सिमानाको सुरक्षामा कुनै पनि सम्झौता नगर्न सरकारको ध्यानकर्षण गराईन् । सांसद तारादेवी भट्टले भारततर्फ रहेका नेपालीको उचित व्यवस्थापन गर्न र खाडी मुलुकमा रहेका नेपालीसमेत खान नपाएर मर्ने अवस्था आएको भन्दै उनीहरुको तत्काल उद्धार गर्न माग गरेकी छिन् ।
सांसद कोमल वलीले पछिल्ला दिनमा कोरोनाको सङ्क्रमण ह्वात्तै बढेकाले तत्काल लकडाउनलाई थप व्यवस्थित गर्न आग्रह गरिन् । उनले भारतको सिमानामा बसेका नेपालीलाई व्यवस्थितरूपमा घर ल्याउने प्रबन्ध गरी उनीहरुलाई क्वारेन्टाइनमा राख्ने प्रबन्ध गर्नुपर्नेमा जोड दिनुभयो ।
सांसद वलीले कोरोना सङ्क्रमण फैलिएको स्थानमा समुदाय सिल गरेर कोरोना नियन्त्रणमा लाग्नुपर्ने र अत्यावश्यक सामग्रीको प्रबन्ध गर्न आग्रह गरिन् ।
–––</news_content>
</news>
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस