काठमाडौं – देशका विभिन्न ठाउँमा बुधबार मेघगर्जन र चट्याङसहित पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पश्चिमबाट प्रवेश गरेको पश्चिमी वायुको प्रभावले देशका विभिन्न ठाउँमा मेघगर्जन र चट्याङसहित पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाका मौसमविदले बताएका छन् ।
यस्तै बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको प्रभावले पूर्वका केही ठाउँको मौसम पनि आशिंक बदली भएको छ । प्रिमनसुन चलिरहेकाले मेघगर्जन, चट्याङ, हावाहुरी र कतै असिना पनि पर्न सक्ने सम्भावना रहेको महाशाखाले जनाएको छ ।
आगामी तीन दिनको मौसम पूर्वानुमान
बैशाख ३१ गते (बुधबार)
दिउँसोः देशको अधिकांश भू-भागमा सामान्य बदली रहनेछ।पूर्वी र पश्चिमी भू-भागका केही स्थानहरु र मध्य भू-भागका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ्ग/असिना र हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ।
रातीः देशको पुर्वी र मध्य भू-भाग तथा पश्चिमको पहाडी भू-भागमा सामान्य बदली र बांकी भू-भागमा आंशिक बदली रहनेछ। पूर्वी भू-भागका केही स्थानहरु तथा मध्य र पश्चिमका एक वा दुई स्थानहरुमा मेघगर्जन/चट्याङ्ग/असिना र हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ।
जेठ १ गते (बिहीबार)
दिउँसोः देशको पुर्वी र मध्य भू-भाग लगायत पश्चिमी पहाडि भू-भागमा सामान्य बदली र बांकी भु-भागमा आंशिक बदली रहनेछ।पूर्वी र पश्चिमी भू-भागका केही स्थानहरु तथा मध्य भू-भागका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ्ग/असिना र हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ।
रातीः देशको पूर्वी र मध्य भू-भाग लगायत पश्चिमी पहाडि भू-भागमा सामान्य बदली र बांकी भू-भागमा आंशिक बदली रहनेछ। पूर्वी र मध्य भू-भागका केही स्थानहरु तथा पश्चिमी भू-भागका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ्ग/असिना र हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ।
जेठ 2 गते (शुक्रबार)
दिउँसोः देशको पूर्वी र मध्य भू-भाग लगायत पश्चिमी पहाडि भू-भागमा सामान्य बदली र बांकी भू-भागमा आंशिक बदली रहनेछ।पूर्वी र मध्य भू-भागका केही स्थानहरु तथा पश्चिमी भू-भागका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ्ग/असिना र हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ।
रातीः देशको पूर्वी र मध्य भू-भागमा सामान्य बदली र बांकी भू-भागमा आंशिक बदली रहनेछ। पूर्वी र मध्य भू-भागका केही स्थानहरु तथा पश्चिमी भू-भागका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ्ग/असिना र हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ।
आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श (Warning/Advisory for next 24 hrs):
देशका पूर्वी र पश्चिमी भू-भागका केही स्थानहरु र मध्य भू-भागका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ्ग/असिना र हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस