इलाम- सोमबार साँझ ९ः४५इलामको शुक्रबारे बजारमा भएको आगलागीबाट करिव ७० लाख बराबरको क्षति भएको छ।
३ घर पुर्ण रुपमा क्षति पुगेको आगलागी बेद कैयाको घरबाट सुरु भएको हो । कैयाको घरमा कोही पनि नभएको अवस्थामा आगलागी भएको नामसालिङ प्रहरी चौकी इन्चार्ज टेकराज गिरीले बताएका छन् । घरमा रहेको २ वटा मध्ये एउटा ग्यासको सिलिन्डर विष्फोट भएको थियो।
आगलागीबाट रुकमेणा प्रधानको घर र किराना पसल, छत्रकुमारी लावरको घर तथा कैयाको जुत्ता र कपडाको पसलमा क्षति पुगेको छ।
इलाका प्रहरी कार्यालय नयाँबजार, नामसालिङ प्रहरी चौकी र स्थानीयको सहयोगमा आगो विहान करिव ५ः४५ बजे पुर्ण रुपमा नियन्त्रणमा आएको थियो ।
गिरीले दमकल नहुँदा पानी ओसारेर आगो नियन्त्रणमा लिनु पर्ने भएकाले समय लागेको जानकारी दिएका छन् ।
आगलागीबाट घर पुर्ण रुपमा क्षति भएको पिडित परिवारलाई ५० हजार र लत्ता कपडा आज नै राहत स्वरुप प्रदान गरिने माईजोगमाई गाउँपालिकाका अध्यक्ष जीतबहादुर राईले जानकारी दिएका छन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस