काठमाडौं – काठमाडौंसहित मध्य र पश्चिमका धेरै ठाउँको मौसम बद्ली भएको छ । पश्चिमी न्यूनचापिय प्रणालीसँगै स्थानिय वायू र बंगालको खाडीबाट आएको जललवाष्पयुक्त हावाका कारण मौसम बद्ली भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
यो प्रणाली विस्तारै पूर्वतीर सर्दै गरेकाले पूर्वमा पनि बद्ली हुने मौसमविद्ले बताएका छन् । महाशाखाका अनुसार आज पनि मौसम खुल्ने सम्भावना छैन ।
पहाडी क्षेत्र र तराईका केही ठाउँमा मेघगर्जनसहित पानी पर्ने अनुमान गरिएको महाशाखाका मौसमविदले बताएका छन् । पश्चिमी न्यूनचापिय प्रणाली र बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावाका कारण बैशाखको अन्यमा पनि चिसो छ ।
आगामी तीन दिनको मौसम पूर्वानुमान
बैशाख ३० गते (मंगलबार)
दिउँसोः देशको अधिकांश भू-भागमा सामान्य बदली रहनेछ। देशको पहाडि भू-भागका केही स्थानहरुमा र तराईका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ्ग/असिना र हावाहुरी सहित वर्षा को सम्भावना रहेको छ।
रातीः देशको पुर्वी र मध्य भू-भाग लगायत पश्चिमी पहाडि भू-भागमा सामान्य बदली र बांकी भू-भागमा आंशिक बदली रहनेछ। पूर्वी तथा मध्य भू-भागका थोरै स्थानहरु र पश्चिमी भू-भागका एक वा दुई स्थानमा मेघगर्जन/चट्याङ्ग/असिना र हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ।
बैशाख ३१ गते (बुधबार)
दिउँसोः देशको अधिकांश भू-भागमा सामान्य बदली रहनेछ।पूर्वी भू-भागका केही स्थानहरु र पश्चिमी तथा मध्य भू-भागका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ्ग/असिना र हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ।
रातीः देशको पुर्वी तथा मध्य भू-भागमा सामान्य बदली र बांकी भू-भागमा आंशिक बदली रहनेछ। पूर्वी र मध्य भू-भागका केही स्थानहरु तथा पश्चिमी भू-भागका एक वा दुई स्थानहरुमा मेघगर्जन/चट्याङ्ग/असिना र हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ।
जेठ १ गते (बिहीबार)
दिउँसोः देशको पुर्वी र मध्य भू-भाग लगायत पश्चिमी पहाडि भू-भागमा सामान्य बदली र बांकी भु-भागमा आंशिक बदली रहनेछ।पूर्वी भू-भागका केही स्थानहरु र पश्चिमी तथा मध्य भू-भागका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ्ग/असिना र हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ।
रातीः देशको अधिकांश भू-भागमा सामान्य बदली रहनेछ। पूर्वी र मध्य भू-भागका केही स्थानहरु तथा पश्चिमी भू-भागका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ्ग/असिना र हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ।
आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श (Warning/Advisory for next 24 hrs):
देशका पहाडी भू-भागका केहि स्थानहरुमा र तराईका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ्ग/ असिना र हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस