एजेन्सी – अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसमा मास्क अनिवार्य गरिएपछि राष्ट्रपति डोनाल्ड ट्रम्प भने अझै मास्कको विपक्षमा उभिएका छन् ।
राष्ट्रपति ट्रम्पका एक सुरक्षा सहयोगी तथा उपराष्ट्रपति माइक पेन्सकी प्रेस सेक्रेटरीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि ह्वाइट हाउसले आफ्ना सबै कर्मचारीले राष्ट्रपति कार्यालय प्रवेश गर्ने बेला मास्क अनिवार्य रुपमा लगाउन निर्देशन दिएको हो ।
सबै कर्मचारीले आफ्नो डेस्कमा बस्दा बाहेक हरेक समय मास्क लगाउनु पर्ने छ । डेस्कमा बस्दा वा अरु बेला पनि कर्मचारीबिच भौतिक दूरी कायम गर्नु पर्ने निर्देशन पनि दिइएको द न्यूयोर्क टाइम्सले जनाएको छ ।
राष्ट्रपति ट्रम्पले आश्वयक परेकाले अनिवार्य मास्कको नियम ल्याइएको बताएका छन् । पत्रकार सम्मेलनमा मास्क बिनै उपस्थित भएका ट्रम्पले आफूले सो नियम पालना गर्नु नपर्ने बताए । आफू सबैसँग पर रहेकाले मास्क लगाउनु नपर्ने उनको दाबी छ ।
ह्वाइट हाउस कोरोना भाइरस टास्क फोर्सका तीन शीर्ष सदस्य आइसोलेशनमा गएको भए पनि ट्रम्पले भने मास्क नलाउने बताउँदै आएका छन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस