मानिसको सबै भन्दा आकर्षक व्यक्तित्व जवान हुँदा झल्किन्छ । बल, तागत, हिम्मत लगायतका शारीरिक तथा अन्य धेरै मानसिक तथा संवेगात्मक पक्षमा यो बेला निकै सवल मानिन्छ । हो, समय र छालले कसैलाई पर्खदैन । दिन वितेसँगै हामीमा भएको स्फूर्ति तथा तागत पनि कम हुँदै जान्छ अनि भन्न थाल्छौँ बुढेसकाल लाग्यो ।
हामी उमेर त रोक्न सक्दैनौँ तर उमेर सँगै आउने परिवर्तनलाई भए पनि केही समयका लागि रोक्न सक्छौँ । आउनुहोस सिकौँ कसरि ती परिवर्तनहरुलाई रोक्ने ? कसरि जवान देखिने ?
१. धुम्रपान नगर्ने, तनाव नलिने
मानिसले तनाव कम गर्ने बाहानामा धुम्रपान गर्ने गरेको पाइन्छ । विज्ञहरुका अनुसार स्वस्थ जीवनशैलीले स्वस्थ जीवन जीउन सहयोग गर्दछ । उनीहरु भन्दछन्, धुम्रपान नगर्नाले मानिसको आयु १० बर्ष सम्म लम्बिन्छ र तनावलाई सहि व्यवस्थापन गर्न सकेमा आयुलाई १६ बर्षसम्म बढाउन सकिन्छ ।
२. स्वस्थ आहार
स्वस्थ आहार नै स्वस्थ जीवनको आधार हो । हामीले खाने आहारले शरीरको अवस्था सृजना गर्दछ । यदी हामीले चिल्लो, गुलियो तथा अमिलो खानाको प्रयोग धेरै गर्यौँ भने शरीर अस्वस्थ हुन्छ । यी तत्वहरुलाई समुचित रुपमा प्रयोग गरेर स्वस्थ खाद्य शैली अपनाउन सकेमा हाम्रो शरिर स्वस्थ भई हामी दीर्घ जीवी बन्न सक्दछौँ ।
३. निममित व्यायाम
शरीरलाई व्यायाम आवश्यक हुन्छ । नियमित व्यायामले शरीरका पाटपुर्जाहरुलाई सक्रिय बनाउदछ । अध्ययनले के भन्छ भने नियमित शारीरिक व्यायाम गर्ने मानिसको आयु औसत मानिसहरुको भन्दा ४ देखि ९ बर्ष सम्म बढी हुने गर्दछ ।
४. दिमागलाई सक्रिय राख्नुस
भनिन्छ, खाली दिमाग सैतानको घर हो । यदी हाम्रो दिमागलाई बौद्धिक क्षेत्रमा लगानी गरिएमा त्यसले स्वस्थ जीवन जिउन सहयोग गर्ने अध्ययनले पनि देखाइसकेको छ । पुस्तक पढ्ने, संगित सुन्ने, तर्क वा वादविवाद गर्ने लगायतका बौद्धिक क्रियाकलापहरु गर्नाले मानिसको उमेर सँगसँगै आउने परिवर्तनलाई केही हदसम्म रोक्न सकिने खोजकर्ताहरुले बताएका छन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस