सोल- दक्षिण कोरियाले कोरोना संक्रमणको पहिलो चरण पार गरेको भए पनि दोश्रो लहर आउन सक्ने विश्व स्वास्थ्य संगठनले चेतावनी दिइरहेका कारण हालबाटै उसले आफ्नो तयारी सुरु गरेको छ ।
सरकारले आपतकालीन स्थितिका लागि भन्दै करिव १० करोड ‘फेस मास्क स्टक’ राख्ने भएको छ ।
सरकारी अधिकारीहरुका अनुसार सरकारको यो कदमले निर्यात गर्दै आएका ७० देशहरुमा निर्यात प्रभावित नहुने पनि स्पस्ट पारेको छ ।
सरकारले सो कदमका लागि बजेट समेत विनियोजन गरिसकेको दक्षिण कोरियाका खाद्य तथा औषधि सुरक्षा मन्त्री ली उयी क्युनले बताएका छन् ।
हाल विश्वका ७० बढी देशहरुबाट फेसमास्कका लागि आवेदनहरु आइरहेको पनि मन्त्रीले बताए ।
पहिले विभिन्न कारणले सामानहरुको निर्यातमा समस्या हुँदै आएकोमा हाल भने मानवीय साहायतालाई प्राथमिकतामा राखेर व्यापारिहरुले सिधै खरिद गरेर लैजान सक्ने पनि मन्त्रीले बताएका छन् ।
कोरोना संक्रमण बढे सँगै दक्षिण कोरियाले ठुलो परिमाणमा मास्क विक्रि तथा निर्यातमा प्रतिवन्ध लगाएको भएता पनि हाल आफू निर्यात गर्न सक्ने अवस्थामा आइपुगेको पनि मन्त्रीले बताएका छन् ।
हाल अमेरिका, जापान, फ्रान्स बेलायत लगायतका देशहरुबाट मास्क किन्न प्रस्तावहरु आइरहेको बताउदै मन्त्रीले चाँडै नै ठूलो परिमाणमा विदेश निर्यात समेत गर्ने बताएका छन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस