सोल– दक्षिण कोरियाली राष्ट्रपति मून जाए–इनले दक्षिण कोरिया र उत्तर कोरियाले संयुक्त क्वारेन्टाइन समेतका पारस्परिक सहयोगात्मक परियोजनालाई अघि बढाउनु पर्ने बताएका छन् ।
उत्तर कोरिया र संयुक्तराज्य अमेरिकाबीच वार्तामा तत्काल प्रगति नभएको देखिए पनि दुबै कोरियाबीच समझदारी बढ्दै गएको राष्ट्रपति मूनले बताए ।
राष्ट्रपति पदमा निर्वाचित भएको तेस्रो वर्षका अवसरमा विशेष सम्बोधन गर्दै राष्ट्रपति मूनले अन्तर–कोरियाली रेलवे सम्पर्क संजालको निर्माण र उत्तर कोरियातर्फ हुने भ्रमण जस्ता विशेष कार्यक्रमहरुको महत्व अझै रहेको बताएका छन् ।
उनले दक्षिण कोरियाबाट प्रस्तावित सहयोगात्मक परियोजनालाई स्वीकार गर्न उत्तर कोरियासमक्ष अनुरोध गरेका छन् ।
उनले भने, “हालका प्रस्तावहरु अझै पनि सान्दर्भिक छन् । हामी उत्तर कोरियालाई आफ्ना परियोजनाहरु स्वीकार गर्न आग्रह गरिरहने छौं ।”
राष्ट्रपति मूनले कोरोनाभाइरसका कारण सिर्जित समस्याबाट उत्तर कोरिया पनि प्रभावित भएको बताएका छन् ।
उनले दक्षिण कोरिया र संयुक्तराज्य अमेरिका दुबै मुलुकले उत्तर कोरियासँग निकट सम्पर्क संचारमा रहेको बताएका छन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस