काठमाडौँ -उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उनले रसियाका राष्ट्रपति भ्लादिनिर पुटिनलाई एक बधाई पत्र पठाएका छन् ।
युरोपमा द्वीतिय विश्व युद्धको अन्त्य भएको ७५ औँ बार्षिक उत्सवको उपलक्ष्यमा किमले सो पत्र पठाएको उत्तर कोरियाली सरकारी सञ्चार माध्यम केसिएनएले बताएको छ ।
किमको पत्रमा दुई देश बिच रहदै आएको सम्बन्ध आगामि दिनमा अझ सुदृढ भएर जाओस् भन्ने कामना गरिएको पनि उत्तर कोरियाली सञ्चार माध्यमले जनाएका छन् ।
किमले हाल कोरोना संक्रमणबाट गुज्रिरहेको रसियालाई सो संक्रमणबाट शिघ्र मुक्त हुन कामना समेत गरेको बताइएको छ ।
रसियामा हाल सम्म कोरोना संक्रमणका कारण १७०० बढीको ज्यान गएको छ भने १८७००० बढी संक्रमित रहेका छन् ।
रसियन राष्ट्रपति भ्लादिमिर पुटिनले विश्व युद्ध सकिएको ७५ औँ वार्षिकोत्सवका अवसरमा उत्तर कोरियाली शासक किम जोङ उनलाई स्मरण मेडल पठाए पछि जवाफमा किमले पत्र मार्फत धन्यवाद व्यक्त गरेको समाचारमा जनाइएको छ ।
रसियाले युद्ध जितेको सो दिनलाई देशभक्तिको लडाई समेत भन्ने गरिन्छ ।
गत बर्ष अप्रिलमा किम र पुटिन विच भएको भेट वार्ता पश्चात दुई देशको सम्बन्धमा सुमधुरता आएको तथा उनीहरु विच आपसि साझेदारिको प्रसङ्ग पनि बढेर गएको समाचारमा बताईन्छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस