सोल-कोरियाको सबै भन्दा ठूलो तथा राष्ट्रिय ध्वजा बाहक कोरियन एयरलाइन्सले आगामि जुन महिनाबाट दर्जनौ अन्तराष्ट्रिय उडान गर्न सुरु गर्ने भएको छ ।
कोरोना संक्रमणका कारण ९० प्रतिशत भन्दा बढी उडान कटौति गरेको एयरलाइन्सले संक्रमण नियन्त्रणमा आए सँगै उडान सुरु गर्ने बताएको हो ।
आगामी जुन १ तारिखमा १९ वटा अन्तराष्ट्रिय गन्तव्यहरुमा उडान भर्ने कम्पनिले जनाएको छ । यात्रुहरुको चाप कम भएता पनि कार्गोको माग अत्याधिक भएका कारण कार्गो उडान सुरु गर्ने कम्पनिले जनाएको छ ।
उक्त एयरलाईन्सका उडानहरु अमेरिका, सिङ्गापुर, क्यानडा, मलेसिया, चीन लगायतका देशहरुमा रहने छन् । कम्पनिका अनुसार यि उडानहरु संक्रमणका कारण ठप्प रहेका यात्रुहरुलाइ चहलपहल गराउने उद्धेश्यका साथ सुरु गरिएका हुन् ।
हाल कम्पनिले १३ वटा अन्तराष्ट्रिय विमानस्थलहरुमा हप्ताको ५५ उडान गर्दै आएको छ । कम्पनिका अनुसार सामान्य समयमा ११० वटा लामो दुरीमा ९०० बढी उडान भर्दै आएको थियो । कम्पनिले आगामी जुन महिनाबाट ३२ अन्तराष्ट्रिय हवाई मार्ग मार्फत १४६ उडान प्रति हप्ता सुरु गर्ने लक्ष राखेको छ ।
हाल कम्पनिले आफ्ना २ लाख कर्मचमरीहरु मध्ये ७० प्रतिशतलाई ६ महिनाको लागि पेड विदामा घर पठाएको छ । त्यस्तै कम्पनिलाई हालसम्म ६२४.८७ बिलियन वन बरावरको घाटा लागिसकेको पनि कम्पनिले जनाएको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस