काठमाडौं – बिहीबार बस्ने भनिएको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक नबस्ने भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपाको सचिवालय बैठकमा एजेण्डाबारे कुरा मिल्न नसकेपछि भोलीको बैठक स्थगित भएको प्रधानमन्त्री ओलीका प्र्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिएका छन् ।
दुई अध्यक्षबीच स्थायी कमिटी बैठक र यसको एजेण्डाबारे छलफल भएपनि सहमति जुट्न नसक्दा स्थायी कमिटी बैठक नै प्रभावित हुने भएको हो । तत्कालका लागि स्थायी कमिटी बैठक नै आवश्यक नरहेकोले बैठक नबस्ने पक्षमा प्रधानमन्त्री ओली छन् ।
यसअघि वैशाख २० गतेको सचिवालय बैठले भोली बिहीबार स्थायी कमिटी बैठक बस्ने निर्णय गरेको थियो । त्यसको अघिल्लो दिन आज बुधबार सचिवालय बैठक बसेर एजेण्डा तय गर्ने भनिएपनि शीर्ष नेताहरुबीच कुरा मिल्न नसकेको हो ।
अध्यादेश प्रकरण लगायत विषयमा बैठकमा विवाद बढेपछि बुधबारको सचिवालय बैठकको बीचमै प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष ओली जानकारी गराएर बाहिरिएका नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठल बताए ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस