टोकियो- जापानको टोकियो महानगर सरकारले कोरोना संक्रमणका कारण आपतकाल घोषणा गरिएको समयमा बन्द गरिएका साना तथा मझौला व्यवसायीहरुलाई आर्थिक साहायता गर्ने भएको छ ।
महानगरले प्रधानमन्त्री सिञ्जो आवेले आपतकाल लम्ब्याएको एक दिन पश्चात सो घोषणा गरेको हो ।
महानगर सरकारले आगामी सोमबारबाट उक्त साहायता बाँड्ने जानकारि दिएको छ । सरकारी अधिकारीहरुका अनुसार महानगरले पहिले घोषणा गरिए अनुरुप नै साहायता वितरण गरिने बताएको छ ।
महानगरले एउटा मात्र व्यवसाय हुनेलाई ५० हजार येन तथा एक भन्दा बढी व्यवसाय हुनेलाई १ लाख येन साहायता गर्ने जनाएको छ ।
हाल राजधानी टोकियोका व्यवसायीहरुका लागि गर या मरको स्थिति भएका कारण आफूले सक्दो सहयोग गरेको मेयर युरिको कोइकेले बताएका छन् ।
उनका अनुसार हाल टोकियोमा १ लाख ३० हजार व्यापार व्यवसायहरु सञ्चालित रहेका छन् । ति व्यवसायहरुलाई सम्बोधन गर्न करिव १९२ बिलियन येन बराबरको पुरक बजेट छुट्याइएको पनि उनले बताएका छन् ।
राहत साहायता पाउने व्यवसायहरुमा रेष्टुरेन्ट, बार, लाईभ म्युजिक हल, लगायतका रहेका छन् । सरकारले कोरोना संक्रमण दर तीब्र रुपमा बढ्न थालेपछि भीडभाड हुने त्यस्ता स्थान तथा व्यवसाय बन्द गर्न निर्देशन दिएको थियो ।
त्यसैगरि महानगर सरकारले खाद्यान्न पसलहरुमा अनावश्यक भीडभाड हुनेस्थिति सृजना हुन नदिन किनमेल गर्दा मितव्ययी हुन समेत अनुरोध गरेको छ ।
हालसम्म जापानको राजधानी टोकियोमा कोरोना संक्रमितहरुको संख्या ४७०० भन्दा बढी छ जुन जापानका ४७ प्रान्तहरु मध्ये सबै भन्दा बढी हो ।
यस अघि दक्षिण कोरियाले सबै नागरिकलाई परिवार संख्याको आधारमा आर्थिक सहयोग प्रदान गरेको छ |
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस