काठमाडौं – अर्थमन्त्री तथा अन्तरसरकारी वित्त परिषद्का अध्यक्ष डा. युवराज खतिवडाले सबै प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्रीसँग ‘भिडियो कन्फरेन्स’को माध्यमबाट छलफल गरेका छन् ।
कोभिड–१९ को असर, बजेट कार्यान्वयनका समस्या, राजश्व तथा खर्च प्रणालीका व्यावहारिक पक्ष र आगामी आर्थिक वर्षको बजेट निर्माणका सन्दर्भमा छलफल भएकाे हाे ।
सङ्घ, प्रदेश र स्थानीय तहको मुख्य प्राथमिकता कोभिड सङ्क्रमणको जोखिम न्यूनीकरण गर्न चालिएका कदमबाट शिथिल भएको उल्लेख गर्दै उनले अर्थतन्त्र उकास्न, रोजगारी सिर्जना गर्न र वित्तीय सङ्घीयतालाई प्रभावकारी बनाउनमा आगामी वर्षको बजेट केन्द्रित हुनुपर्ने बताए ।
छलफलमा मन्त्रीले सङ्घबाट लागत साझेदारीमा सञ्चालन गर्ने गरी घोषणा भई सशर्त अनुदान अन्तर्गत वित्तीय हस्तान्तरण भएका आयोजनामा प्रदेश र स्थानीय तहले प्रभावकारी ढङ्गले कार्यान्वयन गर्नुपर्ने, आगामी वर्षको बजेट तर्जुमा गर्दा सङ्घबाट सञ्चालित कार्यक्रमका अलावा स्थानीयस्तरमा रोजगारी सिर्जना हुने कार्यक्रमलाई प्राथमिकतामा राख्नुपर्ने तथा सशर्त अनुदानअन्तर्गतका चालू आयोजनामध्ये यस आर्थिक वर्षमा समाप्त भएका आयोजनाको अभिलेख तयार गरी सङ्घमा पठाउनुपर्ने विषयमा बताएका थिए ।
प्रदेश र स्थानीय तहले कर प्रस्ताव गर्दा दोहोरो नपर्ने गरी यकिन गरेर कर प्रस्ताव गर्नुपर्ने, सङ्घले विभिन्न कार्यक्रमका लागि प्रदान गर्ने अनुदानमा प्रदेश र स्थानीय तहले सोही कार्यक्रमका लागि थप अनुदान दिन नहुने, वैदेशिक स्रोतअन्तर्गत हस्तान्तरित सशर्त अनुदानका आयोजनामा प्रदेश र स्थानीय तहले समेत आन्तरिक स्रोत र वैदेशिक स्रोत छुट्टयाई बजेट विनियोजन गर्नुपर्ने र वैदेशिक स्रोतअन्तर्गत खर्च गरी सोधभर्ना माग गर्ने प्रणाली बसाउनुपर्नेमा उनकाे जोड थियो ।
छलफलमा मन्त्री खटिवडाले कोरोना भाइरस नियन्त्रणका लागि चालिएको कदमबाट अर्थतन्त्रमा परेको शिथिलतालाई पुनरूत्थान गर्न सङ्घले तर्जुमा गरेका कार्यक्रमका अलावा सम्बन्धित तहले आवश्यकता हेरी दोहोरो नपर्ने गरी कार्यक्रम सञ्चालन गर्न सक्ने उल्लेख गरे ।
भिडियो कन्फरेन्समा प्रदेश नं ५ का मुख्यमन्त्री तथा आर्थिक मामिला तथा योजनामन्त्री शङ्कर पोखरेलले प्रदेशले उठाउने आन्तरिक ऋणको सीमा बढाउनुपर्ने, गिट्टी बालुवाको विषय आर्थिक ऐनबाट सम्बोधन हुनुपर्ने, सीमा नदीको स्रोतको बाँडफाँटको मापदण्ड बनाउनुपर्ने, विकास आयोजनाको दोहोरोपन हटाउनुपर्ने, आयोजना सम्पन्न भएपछि मात्र थप आयोजना पठाउनुपर्ने र आगामी वर्ष रोजगारी गुमाएकाका लागि प्याकेज ल्याउनुपर्ने बताए ।
प्रदेश नं १ का आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्गवोले नदीजन्य वस्तुको विवाद ऐनबाट नै सुल्झाउनुपर्ने, हस्तान्तरण भई आएका आयोजनामा पर्याप्त बजेट हुनुपर्ने, पालिका केन्द्रलाई प्रदेश राजधानी जोड्ने सडक प्रदेशले नै बनाउनु उपयुक्त हुने, प्रादेशिक अस्पताललाई सुदृढ गर्नु पर्नेलगायतका धारणा राखे ।
प्रदेश नम्बर २ का आर्थिक मामिला तथा योजनामन्त्री विजयकुमार यादवले कृषिलाई प्राथमिकता दिने, प्रदेशको क्षमता बढाउने र मजदूरको समस्या समाधान गर्न ध्यान दिनुपर्ने बताए ।
वागमती प्रदेशमा आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुङ्गेलले कृषि र स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेर बजेट तर्जुमा गर्नुपर्ने, रोजगारीको समस्यालाई हल गर्नुपर्ने र कोभिडको संक्रमण जस्ता समस्या हल गर्न स्वास्थ्य पूर्वाधारको विकास गर्नु पर्ने बिषयमा जोड दिए ।
कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले रोजगारीमूलक कार्यक्रममा जोड दिनुपर्ने, विशेष अनुदान रकम नै कर्णाली प्रदेशलाई धेरै प्राप्त हुनुपर्ने र कर्णालीमा राष्ट्रिय गौरवका आयोजना हुनुपर्ने धारणा राखे ।
सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री झपटबहादुर बोहोराले कोभिडले चुनौतीसँगै अवसर पनि ल्याएको बताउदै कृषि तथा सामाजिक क्षेत्रमा पनि सर्शत अनुदानको व्यवस्था आवश्यक रहेको बताए ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस