काठमाडौँ- संसदीय समितिले पूर्वाधार विकास आयोजना प्रभाव र पहुँचमा नभई नीति र विधिका आधारमा छनोट गर्ने पद्धति बसाल्न सरकारलाई सुझाव दिएको छ । प्रतिनिधिसभा विकास तथा प्रविधि समितिको आजको बैठकमा सांसदहरुले सीमित बजेटबाट असीमित नतिजा हासिल गर्नसक्ने सन्तुलित र चित्तबुझ्दो ढङ्गबाट विकास आयोजना छनोट गर्न सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन् ।
उनीहरुले मन्त्री र सांसद होइन जनता खुशी हुने ढङ्गबाट बजेट विनियोजन हुनुपर्छ भन्दै त्यसका लागि आवश्यकता र समानताको पक्षलाई हेरिनुपर्छ भने । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको आव २०७७र७८ को योजनाका सम्बन्धमा छलफल गर्न आयोजित उक्त बैठकमा सांसदहरुले राष्ट्रिय गौरवका र बहुवर्षीय चालु आयोजनालाई प्राथमिकतामा राखेर बजेट विनियोजन गर्न सुझाव दिएका छन् ।
विकासको मेरुदण्ड भनेको सडक नै भएपनि कोभिड–१९ का कारण अघिल्ला वर्षका तुुलनामा खुम्चेर बजेट ल्याउनुपर्ने भएकाले ‘आयोजना बैंक’ बनाएर आवश्यकता र औचित्य पुष्ट्याँइका आधारमा मात्र परियोजना छनोट गर्ने पद्धतिको विकास गर्न सदस्यहरुले सरकारको ध्यानाकर्षण गराएका छन् ।
प्रत्येक निर्वाचन क्षेत्रमा एक रणनीतिक सडक पु¥याउन घोषणा गरिएको कार्यक्रमलाई प्रभावकारी बनाउन तथा उपलब्ध साधन, स्रोत र बजेटलाई सन्तुलित र समन्यायिक ढङ्गबाट वितरण गर्न उनीहरुले सुझाव दिए । सदस्य कमला रोकाले भनिन्, “फेरि पनि मन्त्रीका जिल्ला र निर्वाचन क्षेत्रमा दर्जनौँ योजना थुपार्ने काम नहोस् ।”
सांसद रङ्मति शाहीले चार वटा पुल नभएका कारण कर्णाली क्षेत्रका बिरामीलाई एम्बुलेन्स र बसमा राखेर अस्पताल पु¥याउन नसकिरहेको पक्षलाई बजेट विनियोजनमा ध्यान दिइयोस् भनेकी छिन् । उनले भनिन्, “हामीलाई जलमार्ग र रेलमार्ग होइन गाडी चढेर अस्पताल पुग्नसक्ने सडक बाटो चाहिएको छ ।”
सांसद आशाकुमारी विकले मुलुकको भूगोललाई गुगलमा हेरेर श्रमिक र न्यूनआय भएका जनताका हितमा नीति तथा कार्यक्रम र बजेट ल्याइनुपर्छ भनेकी छिन् । सांसदहरुको जिज्ञासालाई सम्बोधन गर्दै भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्त नेम्वाङले विकास निर्माण कार्यमा समान सहभागितालाई सहयोग पु¥याउन सदस्यहरुसँग आग्रह गरिन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस