ताप्लेजुङ- संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले ताप्लेजुङका आगलागी प्रभावित परिवारलाई विचलित नहुन आग्रह गरेका छन् । आज बिहान आगलागी क्षेत्रको निरीक्षणपछि मन्त्री भट्टराईले आगलागी प्रभावित परिवारको पुनःस्थापनाका लागि सरकार साथमै रहेको भन्दै विचलित नहुन आग्रह गरेका छन् ।
आगलागीले क्षति पुगेकामा दुःख व्यक्त गर्दै मन्त्री भट्टराईले तीनै तहका सरकार र स्थानीय समुदायको सहयोगमा पुनःस्थापना गर्ने आश्वासन दिएका छन् । “तपार्इंहरुको पुनःस्थापनामा केन्द्र, प्रदेश र स्थानीय सरकार छ साथै स्थानीय समुदाय सबै छन्, सबैको साथ सहयोग मिल्नेछ”, उनले भने । ताप्लेजुङ भौगोलिक हिसाबले बाढी पहिरो, आगलागी जस्ता विपद्का घटनाको उच्च जोखिममा रहेकाले सतर्क हुनुपर्नेमा उनले जोड दिएका छन् ।
मन्त्री भट्टराईले पछिल्लो पटक सरकारले विपद् व्यवस्थापनसम्बन्धी लिएका नीति तथा प्रयासले यहाँको मात्रै नभई मुलुकभरकै यस्ता जोखिमका समस्या निराकरण हुनेमा विश्वाससमेत व्यक्त गरेका छन् । यता छलफलका क्रममा आगलागीपीडितको प्रतिनिधित्व गर्दै आगलागीपीडित यिगेन्द्र गुरुङले सरकारलाई बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋण मिनाहा गरिदिन आग्रह गरेका छन् ।
यसैबीच विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले ताप्लेजुङमा आगलागीका घटना दोहोरिरहनु दुःखद भएको भन्दै यस प्रकारका घटनाको न्यूनीकरणमा सबैले ध्यान दिनुपर्ने बताए । आफूहरुको रेकर्डमा समेत यो जिल्ला आगलागीको घटना हुनेमा अग्रस्थानमा रहेको बताए ।
छलफलका क्रममा प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले आगलागीबाट भएको क्षतिको विवरण पेश गर्दै स्थानीयस्तरबाट जुट्ने राहतका लागि प्रयास भइरहेको बताए । शुक्रबार भएको आगलागीले यहाँका साना ठूला गरी १० घरमा क्षति पुगेको थियो भने २९ परिवार विस्थापित बनेका छन् ।
यस्तै रु सात करोडभन्दा बढीको क्षति भएको अनुमान गरिएको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस